ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निगम र थाई एयरवेजबीच ग्राउन्डह्यान्डलिङ सम्झौता

२०८० पुस, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउन्ड ह्यान्डलिङका विषयमा सम्झौता भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफै ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थाई एयरवेजले अब यस्तो सेवा निगमबाट लिनेछ । निगम र थाई एयरवेजबीच २९ अक्टोबर २०२३ मा सम्झौता भई निगमले थाईको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको हो । उक्त कम्पनीले आफूसँग रहेको ८० थान ग्राउन्ड ह्यान्डलिङ उपकरण निगमलाई हस्तान्तरण गरेको छ । यसका लागि थाई एयरवेजले गत साउन ३ गते सरकारबाट स्वीकृति पाइसकेको छ । 

निगमको स्वामित्वमा उपकरण रहने गरी मङ्सिर ३० गते हक हस्तान्तरण सम्झौतासमेत भइसकेको निगमले जानकारी दिएको छ । उक्त सम्झौतामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एयरवेजका वेस्टर्न एन्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेको बताइएको छ । केही समयअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा लैजाने निर्णय गरेको थियो । निगमले हालसम्म विनाप्रतिस्पर्धा ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)