ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंकलाई ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’

२०८० पुस, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एनआईसी एशिया बैंकले ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्राप्त गरेको छ । मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा उक्त अवार्ड प्राप्त गरेको बताइएको छ । अन्तरराष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबर सोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्ट्स’बाट बैंक सम्मानित भएको हो । 

बैंकले अन्तरराष्ट्रियस्तरको अनलाइन भुक्तानी सेवा साइबर सोर्स प्लेटफर्म तथा विभिन्न कार्डबाट डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको बताइएको छ । यस सेवाबाट ई–कमर्श कम्पनी, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यावसायिक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाई साइबर सोर्स सेवा उपलब्ध गराएको बैंकले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)