ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जडीबुटीजन्य औषधी ‘सन्चो’ अब स्वचालित मेसिनबाट भरिने

२०८० पुस, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । जडीबुटीजन्य औषधी ‘सन्चो’ अब स्वचालित मेसिनबाट फिलिङ गरिने भएको छ । उत्पादक कम्पनी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले यही पुस मसान्तअगावै स्वचालित मेसिनबाट फिलिङ थाल्ने गरी तयारी भइरहेको जानकारी दिएको छ । यसका लागि नयाँ भवन बनाई अत्याधुनिक मेसिनसमेत जडान भइसकेको कम्पनीले जनाएको छ । यही पुस मसान्तसम्म उक्त भवन उद्घाटन गरी उत्पादन थालिने कम्पनीले जनाएको छ । 

नयाँ भवन विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यासको मापदण्डलाई सम्बोधन गर्ने किसिमले तयार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त भवनमा एच.भी.एसी. प्रणालीमार्फत हावाको शुद्धता कायम राखी सफा कोठाको व्यवस्था गरिएको छ । यस प्रविधिले भवनमा उत्पादित वस्तुलाई दुषित हावाबाट जोगाई जनसुरक्षित, गुणस्तरीय र प्रभावकारी वस्तुको उत्पादनमा टेवा पुर्याउने कम्पनीले जनाएको छ ।

गुणस्तर र उत्पादन क्षमता बढ्ने !

स्वचालित फिलिङ मेसिनले ‘सन्चो’को गुणस्तर र उत्पादन क्षमतासमेत वृद्धि हुने कम्पनीको भनाइ छ । अहिले मानिसले नै फिलिङ गर्दै आएको सन्चो दैनिक करीब २० हजार सिसी मात्रै उत्पादन भइरहेको छ । जडान गरिएको मेसिन प्रतिघण्टा ६ हजार सिसी उत्पादन क्षमताको रहेको कम्पनीले जनाएको छ । 

२०५६ मङ्सिरबाट उत्पादन थालिएको ‘सन्चो’ २४ वर्षमा प्रयोगकर्तामाझ लोकप्रिय बनेको छ । बढ्दो लोकप्रियताका कारण कम्पनीको विक्री पनि बढेको छ । कम्पनीका अनुसार उत्पादनको शुरुआती समयमा ‘सन्चो’ वार्षिक १० हजार गोटा उत्पादन हुने गरेको थियो । हाल करीब ५० लाख गोटा विक्री वितरण हुने गरेको कम्पनीले जानकारी दिएको छ । 

‘सन्चो’ रुघाखोकीलगायत स्वास्थ्य समस्याका लागि उपयोगी मानिएको छ । हाल ‘सन्चो’ ५ एमएलमा उत्पादन हुँदै आएको छ । तर, स्वचालित मेसिन सञ्चालनपछि ‘सन्चो’ १० एमएलमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले ‘सन्चो’सँगै हिमालयन मसाज आयल, शिलाजित पेस्ट, सिट्रेनेला आयल, लेमनग्रास आयल जस्ता हर्वल केयर प्रोडक्ट उत्पादन गर्दै आइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)