ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘निकुञ्जको संरक्षण र पर्यटन सँगै अघि बढाउनुपर्छ’

२०८० पुस, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन। चितवनको सौराहामा ‘१७औं चितवन हात्ती तथा पर्यटन महोत्सव’ शुरू भएको छ । महोत्सव अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार उद्घाटन गरेका हुन् । सो अवसरमा उनले चितवन राष्ट्रिय निकुञ्जको पर्यटन र सुरक्षा तथा जैविक विविधता संरक्षण एकसाथ प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । २०२९ सालमा जारी भएको निकुञ्ज ऐन परिमार्जन गर्ने बेला भएको समेत अर्थमन्त्री महतले बताए । ‘निकुञ्जको ऐनलाई समयसापेक्ष परिवर्तन र परिमार्जन गर्न आवश्यक छ,’ उनले भने, ‘निकुञ्जको सुरक्षा र पर्यटनलाई सँगै जोडेर लैजान पनि जरुरी छ ।’

पुरानो निकुञ्ज ऐनले निकुञ्ज र जनताबीचको दूरी बढाउने काम गरेकाले समयअनुसार यसमा संशोधन आवश्यक रहेको उनले बताए । निकुञ्ज ऐन परिवर्तनका लागि सरकारले पहल शुरू गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

‘निकुञ्ज जनताका लागि र जनता निकुञ्जका लागि’ भन्ने अवधारणाको विकास नगरी जैविक विविधता संरक्षण हुन नसक्ने उनले बताए । निकुञ्ज ऐनले स्थानीय विकास निर्माण र समुदायको विकासमा बाधा हुन नहुने उनको भनाइ छ । ‘निकुञ्जको महत्त्व कम हुन दिनुहुँदैन,’ अर्थमन्त्री महतले भने, ‘यसको महत्त्व बढाउन सरकारले गर्नुपर्ने दायित्व पूरा गर्न तयार छ ।’

जनताको जीविकोपार्जनमा लगानी गरेर मानव–वन्यजन्तुबीचको द्वन्द्व घटाउनुपर्ने धारणा उनले राखे । यसैगरी उनले पूर्वी चितवनको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा लगानी गर्ने बताए । कार्यक्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले सरकारले स्रोत बाँडफाँटमा पूर्वी चितवनलाई विभेद गरेको औंल्याए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)