ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बक्यौता नतिर्ने थप उद्योगको विद्युत काटिनेछ : प्राधिकरण

२०८० पुस, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने थप उद्योगहरूको लाइन काटिने प्रष्ट पारेको छ ।  

प्राधिकरणले बिहीवार (आज) आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम नतिर्ने उद्योगहरूको बिजुली काट्दै जाने प्राधिकरणको रणनीति भएको प्रष्ट पारेका छन् । 

प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका ६१ उपभोक्ताको २०८० मंसिरसम्म २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता छ । यसमध्ये अहिलेसम्म ९ ओटा उद्योगको मात्र लाइन काटिएको छ, जसको बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ हुने उनले जानकारी दिए । 

पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत ५ गते विराटनगरबाट उद्योगको विद्युत लाइन काट्न शुरु गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)