काठमाडौं । जाडो महीनामा प्रयोग हुने बडी लोसनमा नै सरकारले करोडौं रुपैयाँ खर्च गरेको छ । नेपालले चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा २२ करोड रुपैयाँभन्दा बढीको बडी लोसन आयात गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यो पाँच महीनामा नेपालले २२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको एक लाख ८७ हजार ४७८ किलोग्राम बडी लोसन आयात गरेको छ । बडी लोसन आयात गर्दा सरकारले ११ करोड ४६ लाख ५६ हजार राजस्व संकलन गरेको छ ।
गत वर्षको सोही अवधिमा नेपालले २१ करोड ३७ लाख ४७ हजार रुपैयाँ बराबरको २ लाख ७६ हजार ७४० किलोग्राम बडी लोसनआयात गरेको छ ।
गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सोही अवधिमा बढी लोसन आयात मूल्य ३ प्रतिशतले बढेको छ भने परिमाण भने ३२ प्रतिशतले घटेको छ ।
नेपालले अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हंगेरी, भारत, इन्डोनेसिया, इजरायल, जापान, कोरिया, लक्जमबर्ग, पाकिस्तान, फिलिपिन्स, पोल्याण्ड, रोमानिया, दक्षिण अफ्रिका, श्रीलंका, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, भियतनाम लगायतका देशबाट बडी लोसन आयात गर्ने गरेको छ ।