काठमाडौं। सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीवारको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँको प्रतिक्विन्टल उत्पादन २ हजार ९ सय ७७ रुपैयाँ ७२ पैसा, उत्पादन लागत प्रतिक्विन्टल ५ सय ९४ रुपैयाँ ५४ पैसा र प्रतिक्विन्टल ढुवानी लागत ७७ रुपैयाँ ८८ पैसा गरी प्रतिक्विन्टल मूल्य ३ हजार ६५० रुपैयाँ १४ पैसा प्रस्ताव गरेको थियो । गतवर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ३५१ रुपैयाँ निर्धारण गरेको थियो ।