ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनयुद्ध दिवस मनाउने सरकारको निर्णय सर्वाेच्चद्वारा बदर

२०८० पुस, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । फागुन १ गते जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वाेच्च अदालतले बदर गरेको छ । 

सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले सरकारको उक्त निर्णय बदर गरेको हो । 

सरकारको निर्णय गरेको करीब ११ महीनापछि सर्वाेच्चले उक्त निर्णय बदर गरेको हो । प्रनमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदले २०७९ माघ २९ गते फागुन १ मा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोहीअनुसार गत वर्षको फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा पनि दिएको थियो । 

जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)