ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

परियोजना धितोमा लगानी बढाउन बैंकहरूलाई आग्रह

२०८० पुस, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरूलाई परियोजना धितोमा पनि लगानी बढाउन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभामा उनले अहिलेसम्म घरजग्गा धितोमा धेरै ऋण प्रवाह हुने गरेको भन्दै अन्तरराष्ट्रिय अभ्यासबाट सिकेर परियोजना धितोमा लगानी गर्न अनुरोध गरे ।

उपाध्यक्ष श्रेष्ठले देशमा भइरहेको उत्पादन घटेको र नयाँ उत्पादन नभएको भन्दै हरेक कुरा बाहिरबाट आयात गरिँदा समस्या सृजना भएको बताए । अहिलेसम्म करीब ६० खर्बको निक्षेप र ५० खर्बको लगानी भएको भन्दै त्यसलाई उत्पादनमूलक केन्द्रित गर्न आवश्यक रहेकोमा जोड दिए । ‘बैंकको लगानीले उत्पादन र रोजगारी वृद्धि गर्दै नगरेको होइन, तर अपेक्षाअनुसार छैन,’ उनले भने, ‘यो क्षेत्रले उत्पादन र रोजगारी वृद्धि गर्‍यो भने त्यसको पहिलो लाभ बैंक तथा वित्तीय क्षेत्रलाई नै हुन्छ । उत्पादन र रोजगारीमा वृद्धि भए बैंकहरूलाई नै फाइदा हुन्छ ।’

देशका विभिन्न क्षेत्रमध्ये अन्तरराष्ट्रिय मानक भएको क्षेत्र बैंक तथा वित्तीय क्षेत्र रहेको उनले बताए । १६औं योजनामा बैंक तथा वित्तीय क्षेत्रलाई समेटेर लैजाने उनको भनाइ छ ।

‘बैंकको लगानीले उत्पादन र रोजगारी वृद्धि गर्दै नगरेको होइन, तर अपेक्षाअनुसार छैन,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले भने, ‘यो क्षेत्रले उत्पादन र रोजगारी वृद्धि गर्‍यो भने त्यसको पहिलो लाभ बैंक तथा वित्तीय क्षेत्रलाई नै हुन्छ ।’

कार्यक्रममा योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले निर्माण क्षेत्र वित्तीय समस्याबाट मुक्त नभएसम्म उत्पादन र उत्पादकत्व नबढ्ने तथा युवाले रोजगारी नपाउने बताए । त्यसका लागि २० प्रतिशतसम्म ऋण रकम निर्माण क्षेत्रमा लगानी हुने वातावरण बन्नुपर्ने उनको भनाइ थियो । निर्माण क्षेत्रलाई दिइने ऋणदर र सेवा क्षेत्रका लागि दिइने ऋणदर फरक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले १६औं योजनामा वित्तीय क्षेत्र र निजीक्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे । समग्र अर्थतन्त्र सुधारका लागि पूँजीगत खर्च बढाउन उनले सुझाव दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दोहोरो अंकको ब्याजदर रहेसम्म अर्थतन्त्रले गति लिन नसक्ने बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष अमित मोरले उद्योगी, व्यापारीको मनोबल खस्किरहेको अवस्थामा सिबिफिन, नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले समन्वय तथा साझेदारी गरिरहेको उल्लेख गरे । 

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठले सिबिफिनले सबै व्यावसायिक क्षेत्रलाई जोड्ने काम गरेको बताए । यस्तै नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुशील पन्तले नीतिगत तहमा काम गर्ने सवालमा आफूहरू सिबिफिनसँगै रहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)