ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बालकुमारी घटना  : मृतक युवाका परिवारलाई १०/१० लाख दिने निर्णय

२०८० पुस, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख राहत दिने निर्णय गरेको छ । शनिवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले उक्त घटनामा घाइतेहरूको उपचारमा लागेको खर्च समेत बेहोर्ने निर्णय गरेको छ ।

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको विरोधमा शुक्रवार बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुई युवाको ज्यान गएको थियो । उक्त घटनामा अछामको चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का सुजन रावतको मृत्यु भएको थियो । घाइते रावतको उपचारको क्रममा किस्ट अस्पताल र शाहको पाटन अस्पतालमा मृत्यु भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)