ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सन् २०२५ मा नेपाल भ्रमण वर्ष मनाउने तयारी

२०८० पुस, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। कोभिड–१९ का कारण सरकारले स्थगन गरेको नेपाल भ्रमण वर्ष अभियानलाई पुन: २०२५ मा गर्ने तयारी भएको छ । सन् २०२० मा नेपालमा २० लाख पर्यटक ल्याउने घोषणासहित शुरू भएको उक्त कार्यक्रम स्थगन भएको थियो । 

नेपाल पर्यटन बोर्डको २५औं वार्षिकोत्सवको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालीपनको पर्यटन विकासमा जोड दिए । काठमाडौं र केही चर्चित गन्तव्यबाहेक नेपालका अन्य गन्तव्य पनि चर्चा र घुम्नलायक भएको भन्दै उनले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए । 

उक्त अवसरमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले नेपाल भ्रमण वर्ष घोषणा गर्ने तयारी गरिएको बताए । उनले निजीक्षेत्रसमेत तयार रहेको अवस्थामा कार्यक्रम गर्ने घोषणा गरेका हुन् । 

नेपालले यसअघि सन् २०११ मा नेपाल भ्रमण वर्ष सम्पन्न गरेको थियो । रेग्मीले १० वर्षपछि वार्षिक ३५ लाख पर्यटक नेपाल भित्त्याउने गरी सरकार र निजीक्षेत्रले काम गर्नुपर्नेमा पनि जोड दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)