ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाँच महीनामा ४ अर्बको स्याउ आयात, अमेरिकाबाट मात्रै ४४ लाखको भित्रियो

२०८० पुस, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालले चालू आर्थिक वर्ष (आव)को ५ महीनामा ४ अर्बभन्दा बढीको स्याउ निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा ४ अर्ब ९ करोड २९ लाख ६४ हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख २ हजार ९२७ किलोग्राम स्याउ आयात गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ३ अर्ब ८ करोड ९६ लाख ४९ हजार रुपैयाँ बराबरको ४ करोड १७ लाख १५ हजार १६६ किलोग्राम स्याउ आयात भएको थियो ।

गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सोही अवधिमा स्याउ आयात मूल्यमा ३४ प्रतिशतले बढेको छ भने परिमाण ०.७४ प्रतिशतले घटेको छ ।

नेपालमा चीन, भारत, न्यूजील्याण्ड, थाइल्याण्ड, टर्की र संयुक्त राज्य अमेरिकाबाट स्याउ आयात हुने गरेको छ । यो अवधिमा सबैभन्दा धेरै स्याउ चीनबाट आयात भएको छ । चीनबाट मात्रै ३ अर्ब २२ करोड ४७ लाखको स्याउ निर्यात भएको छ । त्यसैगरी, भारतबाट ८५ करोड ६८ लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको छ। 

कुन देशबाट कति ?

देश परिमाण (केजीमा)  मूल्य (रु हजारमा)
चीन    30,484,517    3,224,796
भारत    10,856,345      856,867
न्युजिल्याण्ड         20,580         4,434
टर्की         20,880         2,442
संयुक्त राज्य अमेरिका         20,580         4,414
कुल    41,402,927   4,092,964
 

स्रोत : भन्सार विभाग

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)