ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाइन काटिएका उद्योगमा २४ घन्टाभित्र आपूर्ति सुचारु गर्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आग्रह

२०८० पुस, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।
author avatar अभियान संवाददाता

काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विद्युत लाइन काटिएका उद्योगमा २४ घन्टाभित्र आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ । प्राधिकरणले विद्युत महसुल बक्यौता रहेका उद्योगको धमाधम लाइन काट्न थालेपछि संघले मंगलवार (आज) प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । 

संघका अनुसार प्राधिकरणले अहिलेसम्म २३ ओटा उद्योगको लाइन काटिसकेको छ । प्राधिकरणले ‘डेडिकेटेड’ तथा ‘टं«क’ लाइनसम्बन्धी विद्युत महसुल नतिरेको भन्दै ती उद्योगको लाइन काटेको हो । प्राधिकरणले त्यस्ता उद्योगको धमाधम लाइन काट्न थालेपछि उद्योगीले विरोध जनाइरहेका छन् । 

यसरी लाइन काटिँदा समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने संघको ठम्याइ छ । लाइन काटिएका उद्योगमा विद्युत आपूर्ति सुचारु गरेमा मन्दीको मारले थलिएका ती उद्योगहरू सधैंको लागि बन्द हुनसक्ने र यसबाट त्यहाँ कार्यरत २० देखि २५ हजार श्रमिकको रोजगारी गुम्ने संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसबाट ती उद्योगहरूमा लगानी गरेका बैंकसमेत समस्यामा पर्ने र जसका कारण समग्र अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पर्ने संघको दाबी छ । 

किन बढ्यो विवाद ?

लोडशेडिङका बेला केही उद्योगहरूलाई निरन्तररूपमा उपलब्ध गराएको बिजुलीको महसुल तिर्न बाँकी रहेको भन्दै प्राधिकरणले बिल पठाएपछि विवाद भएको उद्योगी बताउँछन् । प्राधिकरणले आफूहरूलाई उपभोग नगरेको विद्युतको महसुल जबर्जस्ती तिराउन खोजेको उनीहरूको आरोप छ । प्राधिकरणको असान्दर्भिक र अव्यावहारिक नीतिका कारण औद्योगिक ग्राहक अन्यायमा परेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्राधिकरण भने उद्योगीले बिजुली उपभोग गरेर पनि बिल नतिरेको बताइरहेको छ । 

प्राधिकरणले सामान्य ग्राहकलाई भन्दा बढी महसुल उठाउनेगरी २४ घण्टा नै विद्युत् आपूर्ति गर्ने सम्झौता गरेर उपलब्ध गराएको लाइनलाई ‘डेडिकेटेड’ र ६ घण्टा लोडशेडिङ हुँदा २० घण्टा बिजुली उपलब्ध गराएको लाइनलाई ‘ट्रङ्क’ लाइन भनेको छ ।

'विवाद समाधानका लागि उच्चस्तरीय समिति बनाऔं'

संघले विद्युत महसुल विवादको तत्काल समाधानका लागि बेग्लै उच्चस्तरीय समिति गठनका लागि आग्रह गरेको छ । उसले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श र नेपाल विद्युत् प्राधिकरणको समेत सहभागिता रहने गरी समिति गठनका लागि आग्रह गरेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)