ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य जाँच

२०८० पुस, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा विभिन्न शाखामार्फत रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले मंगलवार देशका सातओटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथै नि:शुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो ।

यस कार्यक्रमअन्तर्गत कोशी प्रदेशमा इटहरी शाखा, मधेश प्रदेशमा गोलबजार शाखा, बागमती प्रदेशमा कान्तिपथ शाखा तथा नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा बुटवल मिलनचोक शाखा तथा नेपालगञ्ज शाखा, कर्णाली प्रदेशमा वीरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ९२७ रक्तदाताबाट ४३९ लिटर रगत संकलन भएको बताइएको छ । यसैगरी ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवं परामर्श पनि प्रदान गरिएको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)