चितवन। उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र तृतीय उपाध्यक्ष शिरिष पन्तले प्रतिस्पर्धा गर्ने भएका छन् । पुस २३ मा हुने संघको ५७औं वार्षिक साधारणसभा तथा अधिवेशनमा नयाँ नेतृत्वको लागि श्रेष्ठ र उपाध्यक्षले सोमवार मनोनयन दर्ता गरेका हुन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले व्यवसायीको हकहितको लागि आफूले उम्मेदवारी दिएको बताए । उनी विगत १८ वर्षदेखि उद्योग वाणिज्य संघको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । अध्यक्षका अर्का उम्मेदवार पन्तले संघभित्रका बेथिति हटाएर पारदर्शिता र संस्थागत सुशासनको क्षेत्रमा काम गर्ने बताए । कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष गरी २५ जना रहने व्यवस्था छ ।