ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘हुन्डाई न्यू एयर डिलाइट २०२४’ योजना

२०८० पुस, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई न्यू एयर डिलाइट २०२४’ योजना ल्याएको छ । यो योजना गत सोमवारदेखि नेपालभरका शोरुममा लागू हुने बताइएको छ । 

यस योजनाअन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद छूट, विद्युतीय गाडीको खरीद गर्दा प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँसम्मको ‘गो–ग्रीन’ बोनसका साथै गाडीको मोडल एयरको आधारमा ५ लाख रुपैयाँसम्मको छूट प्राप्त गर्ने बताइएको छ । यसैगरी गाडी खरीदमा एक वर्षसम्मको निस्शुल्क बीमा तथा सवारी कर र तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाइने कम्पनीले जानकारी दिएको छ ।

सबै हुन्डाई आईसीई गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको निस्शुल्क सर्भिसिङ र ईभी गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्ष वारेन्टी उपलब्ध हुने बताइएको छ । यस स्किमबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरीद गरी फाइदा लिन सकिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)