ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा अमेरिकी लगानी प्रवर्द्धन गर्न अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल र उद्योग परिसंघबीच सम्झौता

२०८० पुस, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल र नेपाल उद्योग परिसंघबीच नेमालमा अमेरिकी लगानी प्रवर्द्धनका लागि व्यापारिक वातावरण निर्माणमा सहकार्य गर्ने सम्झौता भएको छ ।

परिसंघको सचिवालयमा मंगलवार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्श इन नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा अमेरिकन चेम्बरका अध्यक्ष श्रेष्ठले अमेरिकी लगानी प्रवर्द्धनगरी देशको अर्थतन्त्रको विकासका लागि परिसंघसँगको सहकार्य प्रभावकारी हुने बताए । 

परिसंघका अध्यक्ष अग्रवालले यो सहकार्यले नेपाल र अमेरिकालाई व्यावसायिक रूपमा जोड्ने पुलको काम गर्ने बताए । यो सहकार्यले ज्ञान, आविष्कार र नयाँ सहकार्यको आदानप्रदान, विश्व बजारमा प्रतिस्पर्धा, वैदेशिक लगानी आकर्षित र औद्योगिक विकास गर्न टेवा पुग्ने उनको भनाइ छ ।

सम्झौताअनुसार दुवै संस्थाले नेपाली र अमेरिकी उद्यमीबीच सम्पर्कको विन्दुको रूपमा काम गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्तालाई लगानीसम्बन्धी जानकारी उपलब्ध गराउने, आपसी उद्देश्य पूरा गर्न नीतिगत सुधारको वकालत गर्न सहयोग गर्ने र अमेरिकी लगानी वृद्धि गर्न रणनीतिक गतिविधि सञ्चालन गर्नेछन् । 

समझदारीमा बजारमा आधारित वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच बढाएर सूचना प्रविधि (आईटी) क्षेत्रका लागि लगानी बढाउने र व्यावसायिक वातावरणमा सुधार गर्ने प्रयासलाई प्राथमिकता दिइने उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)