काठमाडौं। आइएमईले सातै प्रदेशमा रेमिट्यान्स साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत मङ्सिर महीनाभर सञ्चालन गरेको उक्त कार्यक्रममा प्रत्येक प्रदेशअन्तर्गतका व्यावसायिक साझेदार सहभागी भएको बताइएको छ । साक्षरता कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिट्यान्स प्राप्त गर्ने, हस्तान्तरण गर्ने विषयमा छलफल गरिएको थियो । साथै कार्यक्रममा रेमिट्यान्स पठाउने तथा पाउने ग्राहकले ध्यान दिनुपर्ने तथा डिजिटल प्रयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइएको बताइएको छ । रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन र वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा व्यवसाय गर्दै आएका सेवाग्राही र स्वदेशको कमाइ सुरक्षित राख्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बताइएको छ ।