ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा कम्पनीलाई शेयरको प्रिमियम खर्च गर्न रोक

२०८० पुस, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई शेयर (आईपीओ) विक्री गर्दा थप गरेको प्रिमियमबापत संकलित रकम तत्काल खर्च नगर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । 

संघीय संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरूलाई प्रिमियम मूल्यमा शेयर जारी गर्न स्वीकृति दिनु प्रचलित कानून र लगानीकर्ताको हितविपरीत रहेको भन्दै सच्याउन निर्देशन दिएपछि प्राधिकरणले कम्पनीहरूलाई पत्र पठाएर प्रिमियमबापत संकलित रकम खर्च नगर्न भनेको हो । ‘प्रिमियम मूल्यमा शेयर जारी गरेको विषयमा संसदीय समितिले छानबिन गरिरहेको छ,’ प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले भने, ‘त्यसैले प्रिमियमबाट उठाएको रकम खर्च नगर्न निर्देशन दिएका हौं ।’ यसबारे संसदीय समितिको निर्णयपछि मात्र प्राधिकरणले थप निर्देशन दिने उनले बताए ।

पछिल्लो समय रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन रिइन्स्योरेन्स गरी पाँचओटा कम्पनीले प्रिमियम मूल्य थपेर सर्वसाधारणलाई शेयर बेचेका थिए । प्राधिकरणले ती कम्पनीहरूलाई प्रिमियमबापत संकलित रकमबाट बोनस शेयर जारी गरी चुक्ता पूँजी बढाउन अनुमति दिएको थियो । 

लेखा समितिले भने ३ वर्षभित्र प्रिमियम मूल्यमा शेयर जारी गरेका कम्पनीहरूको छानबिन गर्न र दोषी देखिएका सम्बद्ध पदाधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । 

१२ पुसमा संघीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बीमा ऐनविपरीत बीमा कम्पनीहरूले प्रिमियम मूल्यमा शेयर बेचेको ठहर गरेको थियो । त्यसैगरी हिमालयन रिइन्स्योरेन्स कम्पनीले ऐनविपरीत शेयर जारी गरेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा समेत फैसला हुन बाँकी छ । 

अख्तियारको छानबिन र अदालतको फैसलाका आधारमा मात्र प्रिमियम बापत उठाएको रकमबारे निर्णय गरिने प्राधिकरणका प्रवक्ता पौडेलले बताए । ‘प्राधिकरणबाट थप निर्देशन नआएसम्म यथावत् अवस्थामा राख्न निर्देशन गरेका छौं,’ उनले भने, ‘संसदीय समितिको निर्देशन र अदालतको निर्देशनअनुसार आवश्यक निर्णय गर्छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)