ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऊर्जा व्यापारमा कोसेढुंगा : प्रधानमन्त्री

२०८० पुस, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल–भारतबीच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौतामाथि टिप्पणी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने ग्यारेन्टी भएको बताउनुभएको छ । दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको यो दिन ऊर्जा व्यापारका दृष्टिले कोसेढुंगा साबित हुने उहाँको अपेक्षा छ । अब नेपालले ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने प्रधानमन्त्री दाहालले बताउनुभयो ।

‘यो आफैमा ऐतिहासिक उपलब्धि हुनुका साथै यसले आगामी दिनमा भारतमा मात्रै होइन, बंगलादेशमा समेत विद्युत् निर्यातको ढोका खोल्नेछ । अब भारतको ग्रीड प्रयोग गरी बंगलादेशसँग विद्युत् व्यापार हुनेछ,’ उहाँले भन्नुभयो । 

निजीक्षेत्र उत्साहित

नेपालबाट १० हजार मेगावाट बिजुली निर्यातको ग्यारेन्टी भएपछि निजीक्षेत्रका ऊर्जा उत्पादकहरू उत्साहित बनेका छन् । सम्झौताले निजीक्षेत्रका ऊर्जा उत्पादकलाई उत्साहित बनाउनुका साथै आत्मविश्वास पनि बढाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताए ।

उनका अनुसार नेपालको ऊर्जा क्षेत्रका लागि यो सम्झौता ऐतिहासिक छ । ‘यसबाट निजीक्षेत्रलाई धेरै फाइदा हुनेमा हामी विश्वस्त छौं । यसले निजीक्षेत्रलाई ऊर्जा उत्पादनमा लगानी गर्न अझ बढी प्रेरित गर्नेछ,’ कार्कीले भने । अब सरकारले केही नीतिगत कुरामा सुधार गर्दै लगानीमैत्री वातावरण बनाउन सक्नुपर्ने उनले बताए । ‘यो सम्झौताले भविष्यमा बंगलादेशसम्म विद्युत् निर्यात गर्ने ढोका खोल्न सक्ने भएकाले नेपालको ऊर्जा विकासमा कोसेढुंगा साबित हुनेछ,’ उनले आर्थिक अभियानसँग भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)