काठमाडौं। नेपाल एसबिआई बैंक र ओमकृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर टिकापुर कैलालीबीच छूटसम्बन्धी सम्झौता भएको छ । बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी यो सम्झौता गरेको बताइएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले अस्पतालका सेवामा छूट पाउने बताइएको छ । सम्झौतामा बैंकको सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी र अस्पतालका अध्यक्ष रत्ना उपाध्यायले हस्ताक्षर गरेका छन् ।