चितवन। महिला उद्यमी संघ नेपाल चितवनको अध्यक्षमा श्वेता उपाध्याय निर्वाचित भएकी छिन् । संस्थाको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले उपाध्यायको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको प्रथम उपाध्यक्षमा बिनु लामा श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आरती प्रधान, तृतीय उपाध्यक्षमा सदीक्षा सिग्देल, सचिवमा तारा रसाइली, कोषाध्यक्षमा तृसना उप्रेती निर्वाचित भएकी छिन् । संघका सदस्यहरूमा बिना खरेल, डा. पुजा कोइराला, विद्या पौडेल र भावना श्रेष्ठलाई चयन गरिएको छ ।