ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्घिखोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंकको कर्जा

२०८० पुस, २०  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। इलामको समलबुङ र जिर्मलेमा निर्माण हुने सिद्घि हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेकोे १० मेगावाट क्षमताको सिद्घिखोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलले एकल ऋण लगानी गर्ने भएको छ । प्रवद्र्धक कम्पनी र बैंकबीच बिहीवार वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कन्र्सोटियम/इन्फ्रास्ट्रक्चर बैंकिङ युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध सञ्चालक सन्तोषराज नेपालले हस्ताक्षर गरेका छन् । परियोजनाको अनुमानित लागत १ अर्ब ७३ करोड रुपैयाँ (निर्माण अवधिको ब्याज बाहेक)मा बैंकले ७५:२५ को ऋण : स्वपूँजी अनुपातमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्ने बताइएको छ । सो आयोजनाले साढे दुई वर्र्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८ दशमलव ८०५ गिगावाट प्रतिघण्टा र वर्षामा ४६ दशमलव ९११ गिगावाट प्रतिघण्टा गरी वार्षिक ५५ दशमलव ७१६ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन गरिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)