ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी र कर्णाली प्रदेशमा ग्लोबल आइएमई बैंकको स्वास्थ्य शिविर

२०८० पुस, २०  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी र कर्णाली प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटा स्वास्थ्यचौकीमा उक्त शिविर आयोजना गरेको बताइएको छ । 

लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढी महिलाले स्वास्थ्य चेकजाँच गराएको बताइएको छ । बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातओटै प्रदेशमा एकदिने नि:शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बताइएको छ । 

शिविरमा स्त्रीरोग विज्ञले स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवा उपलब्ध गराएको बताइएको छ । शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्ने र जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)