ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

होटल व्यवसायलाई प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न आग्रह

२०८० पुस, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरिदिन कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई आग्रह गरेको छ । होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी सोहीअनुरूप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिएको भन्दै समितिले यस क्षेत्रलाई उच्च प्राथमिकतासहित उद्योग सरहको सेवासुविधा दिन माग गरेको हो ।

महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई उड्डयन समितिका सभापति देशबन्धु बस्नेतको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्‍याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको बताएको छ । महत्त्वपूर्ण क्षेत्रलाई ‘औद्योगिक व्यवसाय ऐन २०७६’ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको भन्दै प्रतिनिधिमण्डलले अबका दिनमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको छ ।

यसैगरी प्रतिनिधिमण्डलले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ब्राण्डहरूले रोयल्टीबापत कुल विक्रीको ५ प्रतिशतभन्दा बढी रोयल्टी शुल्क लैजान नपाउने व्यवस्था भएकाले सो सम्बन्धमा समेत सहजीकरण गरिदिन समेत माग गरेको छ । हाल ऐनमा विदेशी ब्राण्डहरूले रोयल्टीबापत कुल विक्रीको ५ प्रतिशतभन्दा बढी नहुने गरी मात्र रोयल्टी लैजान पाउने प्रावधानले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन रहेको महासंघले बताएको छ । त्यसमा तत्काल सहजीकरण गरिदिन माग गरिएको छ ।

महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेतले होटल व्यवसाय सम्बन्धी विभिन्न संघ, संस्थाहरूबाट आएको सुझावका आधारमा प्रतिवेदन तयार परेर यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएका थिए । सोही अनुरूप उद्योग मन्त्रालयले कात्तिक अन्तिम साता मन्त्रीस्तरीय निर्णय गर्दै रोयल्टीमा देखिएको समस्या समाधानका लागि समेत ऐन परिमार्जन गर्ने निर्णय गरिसकेको छ । साथै उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई पुस १ गते पत्र लेख्दै पर्यटनमूलक उद्योगको वर्गमा पर्ने तारे होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा समावेश गर्नेगरी औद्योगिक व्यवसाय ऐनमा थप गर्न राय माग गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)