ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंकद्वारा विद्यालयमा पुस्तकालय भवन निर्माण

२०८० पुस, २२  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एनआईसी एशिया बैंकले कैलालीको जोशीपुर गाउँपालिका–१ स्थित मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माणमा सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातैओटा प्रदेशका विभिन्न विद्यालय छनोट गरी पुस्तकालय भवन निर्माणमा सहयोग गर्ने अभियान चलाएको बैंकले विद्यालय र गाउँपालिकासँगको सहकार्यमा उक्त पुस्तकालय भवन निर्माण गरेको हो । पुस्तकालयबाट विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको अनुमान छ ।

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक देवेन्द्रप्रसाद शाह, बैंकका प्रादेशिक प्रमुख सुवास जोशी तथा जोशीपुर शाखा प्रबन्धक उजिरसिंह भण्डारी लगायतको उपस्थितिमा भवन उद्घाटन गरिएको हो । विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापनाबाट विद्यार्थीलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीमा सहज पहुँच भई शैक्षिक प्रदर्शन एवं व्यक्तित्व विकासमा ठोस टेवा पुग्ने बैंकको विश्वास छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)