ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिबिफिनका रिक्त पदमा पदाधिकारी चयन

२०८० पुस, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनीत गरिएको छ । संस्थाको चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत विधानअनुसार कार्यसमितिमा रिक्त रहेका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनीत गरिएको हो ।

विधान बमोजिम कार्यसमितिको दुईवर्षे कार्यकालको एक वर्ष पूरा भइसकेको छ । अधिकांश पदाधिकारी विहिन भई संस्थागत कामकारबाहीमा बाधा अड्चन आउन नदिन पदाधिकारी मनोनीत गरिएको संस्थाले जानकारी दिएको छ ।

संस्थाले वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई मनोनीत गरेको हो । 

संस्थाका अध्यक्ष पवनकुमार गोल्यानले मनोनीत पदाधिकारीको शपथग्रहण गराई बधाई तथा शुभकामना समेत व्यक्त गरे । शपथग्रहणपछि वरिष्ठ उपाध्यक्ष उपाध्यायलगायत पदाधिकारीले आफूहरूप्रति विश्वास र भरोसा जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै सिबिफिनले आर्जन गरेको मान प्रतिष्ठा, गरिमा र उपलब्धिलाई सुरक्षित राख्दै थप उचाइमा पुर्‍याउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यस्तै, बैठकले सिबिफिनको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र पूर्वमहासचिव केशवबहादुर रायमाझीलाई चयन गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)