काठमाडौं। नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता भएको छ । टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रूपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सहकार्य गर्ने गरी सम्झौता गरिएको बताइएको छ । विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य सफल रहने टेलिकमको अपेक्षा छ ।
बिहीवार सम्पन्न सम्झौतामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।