ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का

२०८० पुस, २२  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । संस्थाको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको प्रतिनिधिको रूपमा खड्कालाई सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरिएको हो । यसअघि दिनेश भारी संस्थापक समूहबाट सञ्चालक थिए ।

नवनियुक्त सञ्चालक खड्काले संस्थाका अध्यक्ष सन्तोषकुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । बैंकिङ क्षेत्रमा करीब १० वर्षदेखि कार्यरत खड्का एनआईसी एशिया बैंकमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रूपमा कार्यरत छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)