काठमाडौं । जिल्ला अदालत, काठमाडौंले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको हो ।
प्रतिलिपि अधिकार उल्लंघन गरेको र टुटलका साझेदारसँग आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीले गत बिहीवार भट्टलाई पक्राउ गरेको थियो ।
हेर्नुस् जिल्ला अदालतको आदेश
प्रतिलिपि अधिकार उल्लङ्गन र आपराधिक विश्वासघातको आरोपमा टुटलका संस्थापक भट्ट पक्राउ