ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दक्षिण एसियाली व्यापारबारे अन्तरराष्ट्रिय सम्मेलन: सहज आपूर्ति र उत्पादन क्षमता विकासमा विज्ञको जोड

२०८० पुस, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। विश्व व्यापार संगठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा आइतवारदेखि ‘डब्लुसिपी नेपाल–एआइबी साउथ एसिया कन्फ्रेन्स, २०२४’ शुरू भएको छ । विश्व व्यापारमा दक्षिण एसियाको प्रतिस्पर्धीपन, आपूर्ति शृंखला र वातावरणीय तथा सामाजिक पक्षको विषयमा काठमाडौंमा उक्त सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा एआइबि–एसएसी एक्जुकेटिभ बोर्डका अध्यक्ष प्राध्यापक एस रघुनाथले दक्षिण एसियाली मुलुकको वैदेशिक व्यापारसँग सम्बन्धित नीति निर्माणमा यस सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सहज आपूर्ति शृंखला निर्माण गर्न अर्का देशबीच समान सहभागिता र योगदान आवश्यक रहने उनले उल्लेख गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालको वैदेशिक व्यापारलाई सन्तुलित रूपमा अघि बढाउन देखिएको नीतिगत खाडल पुर्न अनुसन्धानकर्ता तथा अध्येताबाट आउने सुझावलाई सरकारले सकारात्मक रूपमा लिने बताए । आवश्यकताअनुसार ती सुझाव कार्यान्वयनका लागि पहलसमेत गर्ने उनको भनाइ छ ।

नेपालले अति कम विकसित मुलुकबाट स्तरोन्नतिपछि व्यापार क्षेत्रमा गुमाउने विभिन्न सुविधाको व्यवस्थापनका लागि रणनीतिक रूपमा काम भइरहेको सचिव दुवाडीले बताए । दिगो विकास लक्ष्य प्राप्तिका लागि आन्तरिक उत्पादकत्व बढाएर प्रतिस्पर्धी बजार निर्माण गरिनुपर्नेमा उनको जोड छ । संयुक्त राष्ट्रसंघको जेनेभास्थित स्थायी नियोगका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले वैदेशिक व्यापार विकास र समृद्धिको इन्जिन रहेको बताए । नेपाललगायत देशले बेहोरिरहेको उच्च व्यापार घाटाको समस्या समाधानका लागि उत्पादन र बजारको विविधीकरण गरिनुपर्ने उनले औंल्याए । सुवेदीले नेपालको वाणिज्य नीतिलाई समयसापेक्ष बनाउनुपर्नेमा समेत जोड दिए । विश्व व्यापार संगठन (डब्लुटिओ)का सह–महाप्रबन्धक सियाङचेन झाङले विश्व व्यापारमा सहजीकरणका लागि विभिन्न क्षेत्र र तहसँग क्षमता विकासका लागि काम भइरहेको बताए । पछिल्लो समय विश्व व्यापारको परिदृश्यमा परिवर्तन भइरहेको सन्दर्भ जोड्दै उनले अतिकम विकसित मुलुकको व्यापारसँग सम्बन्धित सुविधाको निरन्तरताका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालको वैदेशिक व्यापारलाई सन्तुलित रूपमा अघि बढाउन देखिएको नीतिगत खाडल पुर्न अनुसन्धानकर्ता तथा अध्येताबाट आउने सुझावलाई सरकारले सकारात्मक रूपमा लिने बताए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले क्षेत्रीय स्तर र विश्व बजारमा समेत व्यापारका आयाम परिवर्तन भइरहेको बताए । त्यसले नेपालजस्ता आयातमा निर्भर र सानो अर्थतन्त्र भएका मुलुक बढी प्रभावित भइरहेको उनले उल्लेख गरे । यस्तो समस्या समाधानका लागि सबैको प्रयास आवश्यक रहेको उनको भनाइ छ ।

भारतीय विदेश व्यापार संस्थानका प्रमुख प्राध्यापक के रंगराजनले दक्षिण एसिया क्षेत्रमा उच्च जनसांख्यिकीय लाभ रहे पनि व्यापारका क्षेत्रमा उचित लाभ लिन नसकिएको बताए । दक्षिण एसियाले क्षेत्रीय र विश्व व्यापारमा विभिन्न चुनौतीको सामना गरिरहेको भन्दै उनले नवीनतम प्रविधिको उच्चतम प्रयोगबाट यस क्षेत्रका उत्पादनलाई विश्व बजारमा पुर्‍याउन सकिने सम्भावनालाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए । एसोसिएसन अफ इन्डियन युनिभर्सिटिजका महासचिव डा. पंकज मित्तलले शैक्षिक अध्ययनका विभिन्न कार्यक्रमका माध्यमबाट अन्तरदेशीय आबद्धता कायम गर्न सकिने बताए । सम्मेलनमा विभिन्न सात देशका ६० भन्दा धेरै विज्ञ, अनुसन्धानदाता, प्राज्ञिक व्यक्तित्वको सहभागिता छ । आज (सोमवार)सम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा शोधपत्र प्रस्तुत हुनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)