ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अभियान टिप्स : अनलाइनबाटै व्यक्तिगत स्थायी नम्बर यसरी लिनुहोस्

२०८० पुस, २३  
सूचना प्रविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पछिल्लो समय व्यक्तिगत स्थायी नम्बर (प्यान) अनिवार्यजस्तै हुन थालेको छ । तपाईं जागीरका लागि कतै जानुहोस्, अथवा कुनै सानोतिनो व्यापार व्यवसाय गर्नुहोस्, प्यान अनिवार्य चाहिन्छ । तर प्यान कसरी लिने भन्नेबारे कतिपयलाई थाहा हुँदैन । त्यसमा पनि लाइन लागेर सरकारी सेवा लिन उत्तिकै सकस हुन्छ । तर अहिले अनलाइनबाटै पनि प्यान लिन सकिन्छ । कसरी लिने त यो सेवा ?

१. सर्वप्रथम आन्तरिक राजस्व विभागको वेबसाइट ‘आईआरडी डट जीओभी डट एनपी’ खोल्नुहोस् ।

२. रजिस्ट्रेसन (प्यान, भ्याट, एक्साइस)भित्र रहेको ‘एप्लिेकसन फर रजिस्ट्रेसन’मा क्लिक गर्नुहोस् ।

३. युजरनेम, पासवर्ड लगायत विवरण भरेर पर्सनल प्यानमा चिह्न लगाउनुहोस् ।

४. कुन कर कार्यालयबाट प्यान लिने हो, सो कार्यालय छनोट गर्नुहोस् 

५. त्यसपछि ‘कन्टिन्यू’मा क्लिक गरेर सम्पूर्ण विवरण भर्नुहोस् ।

६. सबै विवरण भरेर सबमिट गरेपछि मोबाइल र इमेलमा ओटीपी आउनेछ ।

७. ओटीपी भरेर भेरिभाई भएपछि मोबाइल र इमेलमा प्यान आउनेछ ।

९. त्यसलाई सम्बन्धित कर कार्यालयमा गरेर प्रमाणित गराएपछि तपाईंको प्यान कार्ड तयार हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)