ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकको नि:शुल्क स्वास्थ्य शिविर 

२०८० पुस, २३  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मधेश प्रदेशअन्तर्गत सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा १७० र गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरे आधारभूत विद्यालयमा सञ्चालित शिविरमा १८० जना महिलाको स्वास्थ्य चेकजाँच गरिएको बताइएको छ । नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विशेषज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा नि:शुल्क रूपमा उपलब्ध गराएका थिए । शिविरमा पाठेघरको क्यान्सरको प्रारम्भिक र गम्भीर लक्षण देखिएका बिरामी पहिचान गरिएको छ । उनीहरूलाई दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)