काठमाडौं। श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सो कार्यक्रममा १६ जना भीमरथारोहण गरिसकेका जेष्ठ सदस्यलाई सम्मान, सदस्य तथा सदस्यका छोराछोरीमध्ये १२ कक्षामा उत्कृष्ट ५ जनालाई उत्कृष्ट विद्यार्र्थी सम्मान र संस्थाबाट ऋण कारोबार गर्दै आएका सदस्य मध्ये ३ जनालाई उत्कृष्ट ऋणीका रूपमा सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष तीर्थलाल महर्जनले आर्थिक वर्ष २०७९/८० को प्रगति प्रतिवेदन अनुसार देशमा सृजित प्रतिकूल वातावरणमा पनि संस्थाले २ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको बताए । संस्थाले शेयर लाभांश ९ दशमलव ७८ प्रतिशत दिने तथा अन्य सुविधामा स्वास्थ्य उपचार खर्च उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ ।