ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय व्यापारमा ‘डिग्लोबलाइजेशन’को खतरा

२०८० पुस, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. विजुकुमार थपलियाले अन्तरराष्ट्रिय व्यापारमा ‘डिग्लोबलाइजेशन’को खतरा देखिएको टिप्पणी गरेका छन् । विश्व व्यापार संगठन (डब्लूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा सम्पन्न ‘डब्लूसीपी नेपाल–एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४’ नामको सम्मेलनमा उनले उक्त टिप्पणी गरेका हुन् । अन्तरराष्ट्रिय व्यापारमा मुलुकहरूबीचको अन्तरसम्बन्धमा कमजोरी रहेको र यसबाट डिग्लोबलाइजेशनको खतरा बढेको डा. थपलियाले बताए । 

आइतवार काठमाडौंमा शुरू भएको दक्षिण एशियाको व्यापारसम्बन्धी दुईदिने उक्त अन्तरराष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ । सम्मेलनको दोस्रो दिन ‘अन्तरराष्ट्रिय व्यापारमा सिद्धान्त र अभ्यास : उदीयमान परिदृश्य’ शीर्षकमा छलफल भएको थियो । 

छलफलका अर्का वक्ता एकेडेमी अफ इन्टरनेसनल बिजनेस (एआईबी)’का पूर्वअध्यक्ष एवं युनिभर्सिटी अफ साउथ क्यारोलिनाका प्राध्यापक चक ककले अन्तरराष्ट्रिय व्यापारमा एआईबीले व्यापार विज्ञलाई जोडिरहेको जानकारी दिए । एआईबीले विश्वव्यापीकरणमा खुला सिमाना, विश्वव्यापी विचार तथा अन्तरराष्ट्रिय संस्कृतिलाई बढावा दिइरहेको उनको भनाइ छ । त्यस्तै अन्तरराष्ट्रिय व्यापारमा बौद्धिक स्वतन्त्रता, अन्तरराष्ट्रिय व्यापारमा समावेशिता लगायतलाई पनि एआईबीले बढावा दिन खोजेको उनले बताए । 

अन्तरराष्ट्रिय व्यापारमा मुलुकहरूबीचको अन्तरसम्बन्धमा कमजोरी रहेको विज्ञको भनाइ

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले नेपालको प्रमुख निर्यातजन्य वस्तु कपडा (टेक्सटाइल)को व्यापार सुध्रिएको जानकारी दिए । सन् २०२२ मा नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा कपडा रहेको उल्लेख गर्दै उनले अलैंची, अुदवा निर्यात हुने प्रमुख वस्तु रहेको जानकारी दिए । नेपालको टेक्सटाइल अमेरिका, जापान, जर्मनी, फ्रान्सलगायत देशसम्म पुगिरहेको उनले जानकारी दिए । नेपालले अन्तरराष्ट्रिय बजारमा विद्युत् व्यापार, सूचना प्रविधि, पानी पनि निर्यात गर्न सक्ने पर्याप्त सम्भावना रहेको उनको भनाइ छ । त्यस्ता वस्तु निर्यात गरेर नेपालले वार्षिक ५० करोड अमेरिकी डलरसम्म आम्दानी गर्न सक्ने उनको अनुमान छ । 

सम्मेलनका क्रममा दक्षिण एशियाली मुुलुकहरूले गर्न सक्ने व्यापारसम्बन्धी सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । सो क्रममा सुनन्दा आले शर्माले नेपालमा महिला पर्यटन, उद्यमशीलताको अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरिन् । 

यसअघि कार्यक्रमको पहिलो दिन आइतवारको छलफलमा दक्षिण एशियाली मुलुकहरूले अन्तरराष्ट्रिय व्यापारको लाभ लिन नपाएको भन्दै लाभ बढाउनुपर्नेमा जोड दिइएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)