ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बलात्कार मुद्दामा क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय

२०८० पुस, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो ।  ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई यही पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो । निजले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको थियो ।

अदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ । लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि उनलाई गत असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)