ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘व्यवस्थापकीय जोखिम र स्थिर वित्त’सम्बन्धी विश्व बैंकले गर्याे दुई दिने कार्यक्रम 

२०८० पुस, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । विश्व बैंकले अर्थ मन्त्रालयको समन्वयमा ‘व्यवस्थापकीय जोखिम र स्थिर वित्त’सम्बन्धी दुई दिने शिक्षण कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स एशोसिएशन, नेपाल बीमा प्राधिकरण, उद्योगी, अर्थ क्षेत्रका विज्ञलगायतको सहभागिता  थियो । सहभागीले ब्याजदर, मुद्रा, तरलता तथा वस्तुको मूल्य जोखिमसहित विभिन्न बजार जोखिमलाई सम्बोधन गर्नका लागि वित्तीय उपकरणको उपयोगको साथै डेरिवेटिभ उपकरण तथा अन्तरराष्ट्रिय अनुभवबारे चर्चा गरेका थिए । 

साथै उनीहरूले राज्य कोषको जोखिम व्यवस्थापनका लागि राष्ट्रिय बचाव कार्यक्रम ल्याउन महत्त्वपूर्ण कदम चाल्न आवश्यक रहेको र यसको लाभबारे चर्चा गरेका थिए । 

कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिव रामप्रमोद यादवले भने, ‘अर्थ मन्त्रालय वित्तीय जोखिम व्यवस्थापनका लागि हेजिङ तन्त्र अपनाउनुको सम्भावित लाभको मूल्यांकन गर्न एक विस्तृत लागत–लाभ अध्ययनका लागि विश्व बैंकसँग काम गर्न इच्छुक छ ।’

‘बजारको अनिश्चित अवस्थामा जोखिम कम गर्नका लागि संरचना दृष्टिकोणको महत्त्व बुझाउन व्यवसायी र नीति निर्माताहरूलाई अनिश्चित बजार अवस्थाबाट हुने जोखिमहरू न्यूनीकरण गर्न संरचनाको दृष्टिकोणको महत्त्व बुझ्न मद्दत गर्न नयाँ परियोजनाहरूमा नमुनाका रूपमा वित्तीय उपकरणहरू लागू गर्न आवश्यक छ ।’

यससँग सम्बन्धित ज्ञान आदानप्रदान कार्यक्रमका लागि विश्व बैंकले प्राविधिक सहायता उपलब्ध गराउने विषयमा पनि सहभागीहरूले छलफल गरेका थिए । साथै उनीहरूले बैंकका विभिन्न ऋण उपकरणबारे पनि छलफल गरेका थिए । 

‘विश्व बैंक देशको जोखिम व्यवस्थापन रणनीति बलियो बनाउन तथा वित्तीय जोखिम व्यवस्थापनका लागि एक हेजिङ कार्यक्रम स्थापित गर्न नेपाल सरकारसँग काम गर्न प्रतिबद्ध छ,’ विश्व बैंकका वरिष्ठ वित्तीय अधिकारी फाबियो अपरेसिडो दा सिल्वाले भने । उनले हेजिङ रणनीतिले जोखिम व्यवस्थापनको प्रभावकारी उपकरणका रूपमा काम गर्ने सुनिश्चित गर्न एक नियामक ढाँचा विकसित गर्न तथा क्षमता निर्माणको आवश्यकतामा जोड दिए । 

नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर बम बहादुर मिश्राले भने, ‘म बजारको अस्थिरता सम्बोधनका लागि वाणिज्य शर्तमा हेजिङ तन्त्र लागू गर्ने विचारको स्वागत गर्छु । यसले राष्ट्रमाथिको अनुचित वित्तीय दबाब रोक्न मद्दत गर्न सक्छ ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)