ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार अन्तरराष्ट्रिय विमानस्थल पीपीपीमा व्यवस्थापन

२०८० माघ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले चारओटा अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा व्यवस्थापन सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणामा गर्ने निर्णय गरेको छ । 

प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त अवधारणामा तीनओटा विमानस्थल सञ्चालन र विस्तार तथा निजगढ विमानस्थल बनाउने निर्णय गरेको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन तथा विस्तार र प्रस्तावित निजगढ विमानस्थल निर्माण उक्त अवधारणामा गर्न आवश्यक निर्णय र छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । 

अहिले तीनओटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवनबाहेक अन्य क्षमताभन्दा न्यून रूपमा उपयोग भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एकवर्षे कार्यकालको प्रगति विवरण पुस १० गते सार्वजनिक गर्दै अन्तरराष्ट्रिय विमानस्थल सोही अवधारणामा बनाउने तयारी भएको बताउनुभएको थियो । अहिले प्राधिकरणले उक्त अवधारणामा विमानस्थल सञ्चालन तथा व्यवस्थापनका लागि साझेदार भित्त्याउन ठोस कदम चालेको छ । 

सबैभन्दा पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हो । २०७९ जेठ २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो । अहिले तीनओटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवनबाहेक अन्य क्षमताभन्दा न्यून रूपमा उपयोग भएका छन् । 

सञ्चालनको एक/डेढ वर्ष हुँदा गौतमबुद्ध र पोखरा विमानस्थल राम्रोसँग चल्ने संकेत नदेखिएका बेला सरकारले उक्त अवधारणामा निजगढ विमानस्थल बनाउने गरी चारओटै विमानस्थललाई एउटै प्याकेज बनाउनेछ । सबैभन्दा बढी आम्दानी हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पनि प्याकेजमा राख्दा यी विमानस्थल व्यवस्थापनका लागि साझेदार भित्रन सक्ने आकलन प्राधिकरणको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)