मध्यपहाडी राजमार्ग अन्तर्गत पश्चिम खण्डमा कालोपत्रको काम शुरु
असार १, दैलेख । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटबाट चक्रता हुँदै रामाघाटसम्मको सडकखण्डमा पहिलो चरणको कालोपत्रको काम शुरु गरिएको छ ।
मौसमले साथ दिएको खण्डमा असार दोस्रो सातासम्म १० किलोमिटरभन्दा बढी कालोपत्र सम्पन्न गर्ने तयारीअनुसार धमाधम काम गरिएको हो । निषेध...
कर्णालीमा बेरुजू व्यवस्थापन प्रणाली लागू हुँदै
वीरेन्द्रनगर । कर्णाली प्रदेशमा रहेको बेरुजूलाई व्यवस्थित बनाउन बेरुजू व्यवस्थापन प्रणाली लागू गरिने भएको छ । वित्तीय अनुशासन, पारदर्शिता कायम, सुशासन कायम, वित्तीय सूचनामा नागरिकको पहुँच तथा आर्थिक विश्वसनीयता बढाउन बेरुजू व्यवस्थापन प्रणाली लागू गर्न लागिएको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख...
सुर्खेतमा असार १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय
जेठ ३१, वीरेन्द्रनगर । सुर्खेतमा निषेधाज्ञा खुकुलो बनाएर १० दिन लम्ब्याउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार असार १० गतेसम्म केही खुकुलो गरी निषोधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।
जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले हरेक दिन बिहान ६ बजेदेखि ११ बज...
कर्णाली प्रदेशद्वारा कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने योजना
जेठ ३१, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आन्तरिक पर्यटनका लागि कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने भएको छ । कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न कर्णाली सरकारले बिदाको योजना बनाएको हो ।
कर्णाली प्रदेशलाई आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने र यसक...
आलु भित्र्याउने तयारीमा बाफुखोलाका किसान
सल्यान । सल्यानको बाफुखोलाका किसान आलु खन्ने तयारीमा जुटेका छन् । बर्खे आलु उत्पादन हुने क्षेत्रका रूपमा परिचित जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ का किसान आलु भित्र्याउने तयारीमा लागेका हुन् ।
आलु खन्नका लागि तयार भइसकेको र असारको पहिलो हप्तादेखि भण्डारण शुरू हुने स्थानीय खकेन्द्र खत्री...
जुम्लामा एमबीबीएस पढाइ हुने, २५ सिट दिने आयोगको निर्णय
जुम्ला । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीवासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतीक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगल...
२० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग
वीरेन्द्रनगर (अस) । आनी छोइङ डोल्मा फाउन्डेसन र प्रारम्भ नामक संस्थाले कर्णाली प्रदेशका जिल्ला अस्पतालका लागि २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् । फाउन्डेसनका अध्यक्ष कलाकार आनी छोइङ डोल्मा र प्रारम्भ संस्थाका अध्यक्ष कल्पना क्षेत्रीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही...
कर्णालीका मुख्यमन्त्रीलाई एमाले संसदीय दलको १९ बुँदे मागपत्र
वीरेन्द्रनगर (अस) । नेकपा एमाले संसदीय दल, कर्णाली प्रदेशले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग बजेटमा आफूहरूका विभिन्न कार्यक्रम समेट्न माग गरेको छ । आर्थिक वर्ष २०७८/२०७९ का लागि प्रदेशसभामा बजेट प्रस्तुत हुनु केही दिनमात्रै बाँकी रहँदा एमालेले आफ्ना कार्यक्रम पार्न मुख्यमन्त्रीसँग १९ बुँदे माग गर...
कोरोनाको कारण सल्यानका करीब १ हजार ४०० उद्योग बन्द
जेठ ३०, सल्यान । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सल्यानका झण्डै १ हजार ४०० उद्योग बन्द भएका छन् ।
जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण जिल्लामा रहेका घरेलु तथा साना गरेर झण्डै १ हजार ४०० उद्योग बन्द भएका हुन् ।
जिल्लामा घरेलु तथा सा...