ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

२०७८ जेठ, ३१  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

वीरेन्द्रनगर (अस) ।  आनी छोइङ डोल्मा फाउन्डेसन र प्रारम्भ नामक संस्थाले कर्णाली प्रदेशका जिल्ला अस्पतालका लागि २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् । फाउन्डेसनका अध्यक्ष कलाकार आनी छोइङ डोल्मा र प्रारम्भ संस्थाका अध्यक्ष कल्पना क्षेत्रीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ती अक्सिजन कन्सन्ट्रेटर प्रदान गरे ।

प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा जिल्ला अस्पताललाई दुई/दुई वटा र सुर्खेतको मेहेलकुना र चौरजहारी अस्पतालसमेतलाई पुग्ने गरी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

फाउन्डेसनका संरक्षक डोल्माले ती कन्सन्ट्रेटर सम्बन्धित जिल्लामा पुर्‍याउन आग्रह गर्दै कोभिडको बेला बिरामीको ज्यान बचाउन सहयोग पुग्ने बताइन् ।

प्रारम्भ संस्थाका अध्यक्ष थापाले पहिलो पटक कर्णालीमा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरिएको जानकारी दिइन् । उनले अक्सिजन अभाव भोग्ने अस्पताललाई बिरामीको ज्यान बचाउन कन्सन्ट्रेटरबाट सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)