ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
सोह्रौं योजना मस्यौदा : जीडीपी रु ८० खर्बभन्दा माथि पुर्‍याइने

काठमाडौं । सुशासन, सामाजिक न्याय र समृद्धिसहितको आर्थिक विकासको मुख्य लक्ष्यसहित १६औं पञ्चवर्षीय आवधिक योजना (२०८१÷८२–२०८५÷८६)को मस्यौदा अन्तिम चरणमा छ । सोह्रौं योजना निर्माणका लागि राष्ट्रिय योजना आयोगले सबै प्रदेश र स्थानीय तहबाट सुझाव सङ्कलन गरिसकेको छ ।  आगामी माघ मस...

विस्तृतमा →

महिला उद्यमी हरित औद्योगिक ग्राम बनाउने नेतृत्व दिनुपर्ने महिला उद्यमी महासंघ नेपालको माग 

काठमाडौं । महिला उद्यमी जिल्ला संघहरूको छाता संस्था महिला उद्यमी महासंघ नेपालले काभ्रेको पाँचखालमा बन्न लागेको महिला उद्यमी हरित औद्योगिक ग्राम निर्माणको नेतृत्व आफ्नो संस्थाले पाउनुपर्ने माग राखी प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ ।  आफ्नो संस्थाको मुख्य भूमिकाकै कारण औद्यो...

विस्तृतमा →

शिक्षामा बाहिरिने रकम बर्सेनि बढ्दै, ४ महीनामा विदेश अध्ययनमा जाने नेपालीबाट विदेशियो साढे ३८ अर्ब

काठमाडौं । पछिल्लो ४ महीनामा विदेशमा अध्ययन गर्न जाने नेपालीबाट करीब साढे ३८ अर्ब रुपैयाँ बाहिरिएको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को साउनदेखि कात्तिकसम्म नेपालबाट शिक्षाका नाममा ३८ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ७० प्रति...

विस्तृतमा →

केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गतेबाट रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो । केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ । घटीमा रु १० कर...

विस्तृतमा →

एउटै स्थानीय तहमा एक वर्षमा रु ५२ करोडभन्दा बढी विप्रेषण

कटारी (उदयपुर) । कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा रु ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी सो आर्थिक वर्षमा चार सय ६४ जना वैदेशिक रोजगारीबाट फर्किएका छन् । नगरपालिकाका...

विस्तृतमा →

भोलि काठमाडौंका यी स्थानमा बिजुली काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिवार (भोलि) बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो । उक्त...

विस्तृतमा →

ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेताको घोषणा

काठमाडौं। ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीलाई विश्वविद्यालयको ८ लाख ४० हजार रूपैयाँसम्मको ट्युशन शुल्कमा टेवा दि...

विस्तृतमा →

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल दोहोरिए

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल पुन: चुनिएका छन् । बिहीवार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाबाट सर्वसम्मत निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुन: अध्यक्ष चुनेको हो । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत छन् । साधारणसभाबाट संस्...

विस्तृतमा →

नयाँ सिम र रिचार्जमा टेलिकमका थप सुविधा

काठमाडौं। नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न नि:शुल्क सुविधा थप हुने भएको छ । त्यस्तै कक्षा ८ देखि १० कक्षासम्मका विद्यार्थीलाई अभिभावकको नागरिकता र विद्यार्थी परिचयपत्रका आधारमा सिम उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ९० रुपैयाँमा उपलब्ध हुने...

विस्तृतमा →

ज्योति विकास बैंकद्वारा स्वास्थ्यचौकीलाई बेबी वार्मर प्रदान

काठमाडौं। ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनका लागि स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बैंकले सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र नुवाकोटस्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई राष्ट्रिय आव...

विस्तृतमा →