ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उम्मेदवार फरक नारा एउटै

Dec 6, 2017  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । २०४८ यताका हरेक निर्वाचनमा प्रत्येक उम्मेदवारको चुनावी नारा बन्ने गरेको बड्डीचौर–गुटु–बेनीघाट सडक वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा छ । यो पश्चिम सुर्खेतलाई जोड्ने प्रमुख सडक भएर पनि सधैं बेवास्ता हुने गरेको छ, जस कारण त्यस क्षेत्रका नागरिक ३ दशकदेखि सास्ती बेहोर्दै आएका छन् । उक्त सडक घाम लागे धुलाम्मे र पानी परे हिलाम्मे हुन्छ । अनगिन्ती खाल्डाखुल्डी भएको यो सडक कतिपय स्थानमा  निकै साँघुरो छ । सवारीसाधन सञ्चालन हुँदा उड्ने धूलोले सडक आसपासका घरभरि धूलोले ढाक्छ । पश्चिम सुर्खेतका तीनओटा स्थानीय तहका नागरिकले आफ्नो जीवनस्तर उकास्ने पूर्वाधारको रूपमा लिएको उक्त सडक २६ वर्षदेखि चुनावी नारा मात्रै बन्दै आएको छ । पञ्चपुरी नगरपालिका–४ का ६९ वर्षीय पदम सुनारलाई अहिले पनि सम्झना छ, २०४८ को आम निर्वाचनको बेला भोट माग्दै आएका सबैजसो उम्मेदवारले भनेका थिए, ‘बड्डीचौरदेखि गुटु जोड्ने बाटो पक्की बनाउँछौं, त्यसलाई डोटीसम्म जोड्छौं ।’ उक्त चुनावमा दुईओटा मात्रै निर्वाचन क्षेत्र रहेको सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट १६ हजार २ सय ७४ मत प्राप्त गरी नेपाली काङ्ग्रेसका शिवराज जोशी विजयी भए । त्यसलगत्तै २०४९ सालमा उनी यातायात सहायक मन्त्रीसमेत भए । त्यतिबेला पदम सुनारलाई लाग्यो, ‘आफूले दिएको मत सदुपयोग हुने भयो, बड्डीचौर–गुटु सडक बन्ने भयो ।’ तर, २६ वर्ष बितिसक्दा पनि सडकको अवस्था अहिले पनि कन्तबिजोग छ । सडक कालोपत्रे हुने त परको कुरा खाल्डाखुल्डीसमेत अहिलेसम्म पुरिएका छैनन् । ‘सडक बनाउँछौं भनेर भोट माग्ने नेता नै यातायातमन्त्री भए तर सडक जस्ताको तस्तै छ,’ उनले भने, ‘केही दिनअघि दम बढेपछि उपचारका लागि गाडीमा वीरेन्द्रनगर गएँ, झन्डै बाटोमै परान गएन ।’ यो सडकमा गाडी चढेर यात्रा गर्नु सुविधाभन्दा सास्ती हुने गरेको उनको अनुभव छ । कुरा शिवराज जोशीको मात्रै पनि होइन । तीनपटक निर्वाचित जोशी चौथो पटक पराजित हुँदा २०६४ मा नेकपा माओवादीका नरबहादुर विष्ट निर्वाचित भए । उनको चुनावी एजेण्डाको प्राथमिकतामा पनि सोही सडक थियो, जसलाई कालोपत्र गर्ने भनिएको थियो । उनले आफू सांसद रहँदासम्म सडक कालोपत्र गराउन सकेनन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित भए । २०७० मा विजयी नेपाली काङ्ग्रेसका तप्तबहादुर विष्टको चुनावी नारामा पनि बड्डीचौर–गुटु सडक कालोपत्र गर्ने योजना छुटेन । तर, ४ वर्ष बितिसक्दा पनि सडकको न स्तरोन्नति गरियो, न कालोपत्र । सडकको नाममा हरेक वर्ष बजेट विनियोजन हुने गरे पनि केही खाल्डाखुल्डी पुर्दैमा बजेट सकिने गरेको स्थानीय जगदीश महतराले बताए । ‘न सरकारी निकायले यो सडकलाई हेर्‍यो, न यहाँका जनप्रतिनिधिले केही गरे,’ महतराले भने, ‘यो सडक चुनावी नारा मात्रै बन्ने गरेको छ । काम भने कहिल्यै भएन, कसैले गरेनन् ।’ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको २ दिन अघिसम्म पनि उम्मेदवारहरू जनमत जुटाउन विकास निर्माणका आश्वासन बाँडिरहेका थिए । यसपटक पनि हरेक उम्मेदवारको प्राथकिताबाट छुटेको छैन उक्त सडक । सबैजसो उम्मेदवारले आफ्नो चुनावी प्रतिबद्धतामा प्राथमिकताका साथ बड्डीचौर–गुटु–बेनीघाट सडक समावेश गरेका छन् । तर, पदम र जगदीश भने जोसुकैले जिते पनि यो नारा चुनावी आश्वासनमै सीमिति हुनेमा विश्वस्त देखिन्छन् । ‘एउटाले मात्र होइन, अहिलेसम्म निर्वाचित सबैले नारा मात्रै बनाए,’ उनीहरूको संयुक्त भनाइ थियो, ‘अब पनि त्यही हुने त होला ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)