ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऊर्जा उद्यमी गर्गले २ अर्बमा खोले प्राइम सेरामिक्स टायल उद्योग, '१५ अर्बको आयात प्रतिस्थापन लक्ष्य'

२०८० असार, १४  
समाचार विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । घर तथा आवासलाई सुन्दर बनाउन हामीले प्रयोग गरेको टायलबाट वार्षिक कति रकम मुलुकबाट बाहिर जान्छ भन्ने अनुमान गर्नुभएको छ ? बढ्दो शहरीकरणका कारण परम्परागत तवरले घर निर्माण गर्ने क्रम पनि क्रमशः घट्दै गएको छ । 

शहरीकरणका कारण मानिसका आवश्यकता र चाहनामा परिवर्तन भएका छन् । सोही कारण नेपालबाट वार्षिक १५ अर्ब बराबरको रकम टायल खरीदका लागि विदेशिने गरेको भन्सार विभागको तथ्याङ्क छ । 

यही यर्थाथतालाई मध्यनजर गर्दै नेपाली उद्योगी व्यवसायीले नै देशभित्र अन्तरराष्ट्रिय गुणस्तरको टायल उत्पादन शुरु गरेका छन् । सरकारले लिएको औद्योगिककरणको नीति तथा हरेक क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यलाई सफल बनाउन प्राइम सेरामिक्सले ‘प्राइम टायल’को उत्पादन शुरू गरेको हो ।

लामो समयदेखि नेपालमा टायल तथा सोही प्रकृतिका सामान आयात गरेर व्यापार गर्दै आएका व्यवसायीहरु आशीष गर्ग, प्रशान्त अग्रवाललगायतले मधेस प्रदेशको रौतटहमा प्राइम सेरामिक्स उद्योग स्थापना गरेका हुन् । गर्ग ऊर्जा उद्यमीसमेत हुन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का उपाध्यक्ष पनि हुन् ।

कूल २ अर्ब रुपैयाँ लगानीमा स्थापना गरिएको उद्योगले हाल ३०० जनालाई रोजगारी समेत दिएको प्राइम सेरामिक्सका अध्यक्ष गर्गले जानकारी दिए । “अब ट्रेडर्स होइन, उद्योगी बन्नुपर्छ भन्ने सोचका साथ उद्योग स्थापना गरेका हौँ । यसमा सरकारको नीतिले पनि साथ दिएको छ” उनले भने, “सानो मात्रामा भएपनि देशभित्रै रोजगारी सृजना गर्ने र विदेशी मुद्रा स्वदेशमा नै राख्ने उद्देश्य राखिएको छ ।” 

नेपालमा हाल अधिकांश टायल भारतबाट आयात हुने गरेको छ । नेपाली कला, संस्कृतिअनुसारको टायल बनाइने भएकाले आफूहरुको उत्पादनले बजार विस्तारका साथै राष्ट्रिय मर्मलाई समेत सम्बोधन गर्ने उद्योगका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए ।  नेपालीको सुन्दर घरको सपनालाई साकार पार्ने तथा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको जानकारी दिँदै उनले प्राइम सेरामिक्स उद्योगको दैनिक डेढ लाख वर्ग फिट टायल उत्पादनको क्षमता राख्ने बताए ।

नेपाली माटो, नेपाली सिमेन्टलगायत झण्डै ५० प्रतिशत कच्चा पदार्थ समेत आन्तरिक नै प्रयोग हुने भएकाले विदेशी टायलभन्दा सस्तो पर्ने समेत प्रबन्ध निर्देशक अग्रवालको भनाइ छ । रौतटहको बृन्दावन नगरपालिका–६ मा १० विघा क्षेत्रफलमा स्थापित उद्योग स्थापना गर्नुको पछाडि दुई दशकदेखि नै टायल व्यापारको अनुभवले पनि काम गरेको उनको भनाइ छ । 

उद्योगले टायलको आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरनबाट रोक्ने, रोजगारीको सृजना गर्ने उद्देश्य लिएको अध्यक्ष गर्गको भनाइ छ । गर्गले आन्तरिक रुपमा उत्पादन बढाउने सरकारको नीति भएपनि व्यवसायीलाई थप सहजीकरण गरिदिन सरकारसँग माग गरे । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)