ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुसीकोट–शीतलपोखरी–चुनबाङ सडक खण्ड अलपत्र

Jan 17, 2018  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । पश्चिम रुकुमको सदरमुकाम मुसीकोटदेखि चुनबाङसम्म सडक निर्माण थालिएको १६ वर्ष पुग्यो । तर, अझै योजना पूरा भएको छैन । अहिलेसम्म सडकको करीब १२ किलोमिटर ट्याक मात्र तयार भएको छ । सरकारले सडकमा पर्याप्त बजेट नछुट्याउँदा सडक निर्माण कार्य प्रभावित बनेको हो । ३ वर्षमा सम्पन्न गर्नेगरी शुरू भएको योजना बीचमै अलपत्र परेपछि स्थानीय बासिन्दालाई सदरमुकामसम्म आवतजावत तथा सामान ढुवानी गर्न समस्या भएको छ । शीतलपोखरीबाट चौखावाङको हलतारासम्म सडक निर्माण भए पनि यातायातका साधन चल्न सक्ने अवस्था छैन । जिल्ला समन्वय समिति रुकुम पश्चिमका अनुसार जिल्लामा सबैभन्दा पहिले निर्माण थालिएको सडक अझैसम्म पूरा भएको छैन । प्रत्येक वर्ष लाखौं बजेट खर्चिए पनि सडकको कामले गति लिन नसकेको निर्माण समितिका अध्यक्ष लालबहादुर विष्टले बताए । उनले भने, ‘प्रत्येक वर्ष थोरै बजेट छुट्टिँदा शीतलपोखरी–चौखावाङ चुनवाङ अलपत्र बनेको हो ।’ ३ वर्षमै गाउँमा यातायात सेवा शुरू हुन्छ भनिए पनि सडक निर्माण बीचैमा रोकिँदा समस्या भएको उनको भनाइ छ । ‘सम्बन्धित निकायको बेवास्ताले सडक ठाउँ ठाउँमा भत्किँदै गएको छ,’ चुनबाङ गैरीगाउँका सर्वजित डाँगीले भने, ‘सडक निर्माणमा पर्याप्त बजेट नहुँदा अबको १० वर्षमा पनि सम्पन्न हँुदैन होला ?’ जिल्ला विकास समितिका अनुसार भिरालो ठाउँ भएकाले प्रत्येक वर्ष संरचना निर्माण गर्दा गर्दै पहिरोले बगाउँदा समस्या भएको छ । प्रत्येक वर्ष वर्षात्को समयमा हुने बाढीपहिरोले सडक बिगार्ने गरेको जिल्ला रुकुम पश्चिमका इञ्जिनीयर पहल पुनले बताए । जिल्ला प्राविधिक कार्यालय रुकुमका अनुसार सडकको विस्तृत सर्भे भइसकेको छ । सदरमुकामदेखि चुनवाङसम्म २५ किलोमिटर दूरी रहेको उनले जानकारी दिए । २ करोडभन्दा बढी खर्च जिल्लाको पुरानो र पहिलो सडक शीतलपोखरी–चौखाबाङ–चुनबाङ सडकमा हालसम्मको खर्चको यकिन तथ्याङ्क छैन । आर्थिक वर्ष २०५९/६० देखि २०६५/६६ सम्मको खर्च विवरण नभएको हो । तर, यस अवधिमा करीब ४० लाख खर्च भएको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनीयर पुनले बताए । जिल्ला विकास समितिमा उपलब्ध तथ्याङ्कअनुसार उक्त सडक खण्डमा आर्थिक वर्ष २०६६/६७ देखि २०७३/७४ का लागि १ करोड ७३ लाख ४५ हजार ८ सय रुपैयाँ खर्च भएको छ । पहिरोको जोखीम भएको ठाराढुङ्गा–ट्याउखोला क्षेत्रमा मेशिनरी पर्खाल, तारजालीको पर्खाल र ग्याबिन बक्सको कामका लागि मात्र १ करोडभन्दा बढी खर्च भएको देखिएको छ । ढुवानी खच्चडमा जिल्लाको दुर्गम गाविस चुनबाङमा सडक सुविधा नपुग्दा सामान ढुवानीका लागि खच्चडकै प्रयोग गर्नुपरेको छ । जिल्ला सदरमुकाम मुसीकोटसँग अधिकांश गाविस जोडिए पनि चुनबाङ जोडिन सकेको छैन, जस कारण सदरमुकाम खङ्लगा पुग्न १ दिन हिँड्नुपर्ने चुनाबाङ–४ का मनवीर खड्काले गुनासो गरे । कमजोर भोगोलिक अवस्था शीतलपोखरी–चौखावाङ–चुनवाङ सडक खण्डको भौगोलिक अवस्था कमजोर रहेको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनीयर पुनले बताए । प्राविधिक नापजाँच भन्दा पनि राजनीतिक दबाबका आधारमा सडक बनाइने गरेको छ । मुसीकोट–चुनबाङ जोड्न प्राविधिक तथा भौगोलिक हिसाबले साँखको लेकबाट उपयुक्त हुने उनले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)