ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यान–विजयश्वरी सडक कालोपत्र गरिने

Jan 22, 2018  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । रुकुमको चौरजहारी नगरपालिकाभित्र आर्थिक वर्ष २०७४/७५ मा ९ किलोमिटर सडक कालोपत्र गरिने भएको छ । रुकुम र सल्यानको सिमानामा पर्ने बाँसखोलादेखि एयरपोर्ट, पुरानो बजार, नयाँ बजार, त्रिवेणी बजार, घारीका पाखा हुँदै स्यालखोला र विजयश्वरीसम्मको सडक कालोपत्रे हुने भएको हो । नयाँ शहरी कार्यालयले उक्त सडक खण्डमा ७ मीटर सडक पिच र साइडमा एक/एक मिटरको नाली निर्माण गर्ने भएको छ । यसअघि ११ मीटरको बाटो कालोपत्रे गर्ने निर्णय गरिए पनि सडक छेउछाउमा रहेका घरहरूमा क्षति पुग्ने भएपछि सर्वपक्षीय छलफलले नयाँ निर्णय गरेको हो । एक/एक मिटर नालीका लागि दुई साइड छाडेर ७ मिटर सडक कालोपत्रे गर्ने निर्णय गरिएको छ । नयाँ शहरले आयोजना गरेको सर्वपक्षीय बैठकमा चौरजहारी नगरप्रमुख विशाल शर्मा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष तेजबहादुर विष्ट, पूर्व नगर विकास समिति अध्यक्षद्वय प्रेमबहादुर वली र ज्ञानु बुढाथोकीको उपस्थिति रहेको थियो । त्यसैगरी, बैठकमा स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, शिक्षक बुद्धिजीवी व्यापार व्यवसायीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो । १ साताभित्र टेण्डर आह्वान काम शुरू गरिने शहरी कार्यालयले जानकारी दिएको छ । सडक कालोपत्रेका लागि ३० करोड रकमको लागत अनुमान गरिएको नयाँ शहर आयोजना प्रमुख इञ्जिनीयर राजेन्द्र दासले जानकारी दिएका छन् । योसँगै चौरजहारी नगरपालिकाभित्र नयाँ शहर आयोजनाले रिङरोड बसपार्क निर्माण तथा अन्य ग्रामीण सडक निर्माण एवम् ग्राभेलको काम गरिरहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)