ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुगु–हुम्लाको ६५ किमि सडक स्थानीयले खनेर बनाउने, बेलायत सरकारको सवा २ अर्व लगानी

Apr 25, 2018  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वैशाख १२, वीरेन्द्रनगर । बेलायत सरकारको सहयोगमा कर्णाली प्रदेशको मुगु–हुम्ला जोड्ने सडक निर्माण शुरु भएको छ । मङ्गलवार वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्माण कार्य अघि बढेको घोषणा गरेका हुन् । बेलायत सरकारको आर्थिक सहयोगमा सन् २००१ देखि सञ्चालन भईरहेको ¥यापको तेस्रो चरण अन्तरगत उक्त सडक निर्माण कार्य हुन लागेको बताइएको छ । मुगु–हुम्ला जोड्ने सडकले मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकाबाट हुम्ला जिल्लाको चङ्खेली गाउँपालिकाको देउली गाउँलाई जोड्ने छ । स्थानीय नागरिकले खन्ने सो सडक ६५ किलोमिटर लामो हुने छ । सडकले कर्णालीका दुर्गम र पिछडिएको क्षेत्रका नागरिकको जीवनयापनलाई सहज बनाउने छ । कर्णालीको परम्परागत व्यापारिक मार्ग(हुम्ला–मुगु–जुम्ला)लाई आर्थिक क्षेत्रको रुपमा विकास गर्न आधार तय गर्ने विश्वास प्रदेश सरकारको छ । १५ दशमलव ५ मिलियन पाउण्ड (२ अर्व २४ करोड रुपैयाँ)मा उक्त सडक निर्माण हुन लागेको हो । सडकले कर्णाली प्रदेश र प्रदेश नं.७ का सबै भन्दा गरीव एवम् दुर्गम जिल्लाका नागरिकको अवसरलाई सम्बोधन गर्ने अपेक्षा लिईएको छ । सडक निर्माणमा स्थानीय नागरिकलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले विपन्न परिवारका मानिसलाई परिचालन गर्ने र आवश्यकता अनुसार मेशिन लगायत अन्य प्रविधिको प्रयोग हुने बताइएको छ । निर्माण कार्यमा पहिलो प्राथमिकता सडक करिडोरको आसपास बस्ने स्थानीय वासिन्दाहरु हुनेछन् । सडक निर्माणमा दैनिक १ हजार देखि ३ हजार मानिसले काम गर्ने अनुमान गरिएको छ । जसमा ३० देखि ४० प्रतिशत महिलाहरु सहभागि हुने छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)