ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय सवारीमा आकर्षण छ

Sep 13, 2018  
प्रडक्ट.समाचार. अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
यही भदौ २६ गतेदेखि राजधानीमा १३औं नाडा अटो शो शुरू भएको छ । भृकुटीमण्डपमा पाँच दिनसम्म चल्ने शोमा विभिन्न कम्पनीका सवारीसाधन, सवारी सुरक्षा प्रविधि, टायर, लुब्रिकेण्ट्स, स्पेयर पार्ट्स, ब्याट्री, ग्यारेज उपकरणलगायत राखिएका छन् । यसै सन्दर्भमा मेलाको अवस्था, यस पटकको मुख्य आकर्षणलगायत विषयमा नाडा अटोमोबाइल एशोसिएशनका उपाध्यक्ष कृष्णप्रसाद दुलालसँग आर्थिक अभियानका विजय दमासेले गरेको कुराकानीको सम्पादित अंश : नाडा अटो शोबारे बताइदिनुहोस् न ! नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले हरेक वर्ष अटो शो गर्दै आएको छ । यो १३औं संस्करण हो । नेपालमा जसरी यातायात क्षेत्रको विकास भयो, त्यसरी नै नाडा अटो शोको विकास हुँदै आएको हो । यही परिवेशमा यस वर्ष पनि नाडा अटो शो भइरहेको छ । एउटा गाडी बोकेर ल्याएर शुरू भएको हाम्रो इतिहास छ । अहिले आएर सङ्घ करीब १३ लाख सवारीसाधनको साथ अघि बढिरहेको छ । नाडा अटो शोको यस वर्षको मुख्य आकर्षण विद्युतीय सवारीसाधन हो । हरेक वर्ष अटो मोबाइल्स इण्डष्ट्रिजले नयाँ ब्राण्डका गाडी उत्पादन गर्छन् । तिनै गाडीहरूको प्रदर्शनी गर्ने केन्द्रका रूपमा यो शो विकसित हुँदै आएको छ । यसले पनि यो अटो शो हरेक वर्ष विशेष बन्दै गएको छ । यो मेला आयोजनाको मुख्य उद्देश्य के हो र प्रदर्शनीमा के कस्ता सवारीसाधन राखिएका छन् ? नाडा अटो शोका उद्देश्य व्यापारका साथै अटोसम्बन्धी सूचना दिने, बजारको अनुसन्धान गर्नेलगायत छन् । अटो व्यवसायको प्रवद्र्धन गर्नु यसको मुख्य उद्देश्य हो । विद्युतीय गाडीसहित यो अटो शोमा २० प्रकारका चारपाङ्ग्रे गाडी छन्, जुन १० लाखदेखि ४ करोड रुपैयाँसम्मका छन् । मेलामा सवारी सुरक्षा प्रविधि, टायर, लुब्रिकेण्ट्स, स्पेयर पाटर््स, ब्याट्री, ग्यारेज उपकरणलगायत राखिएका छन् । १ सय ३४ स्टल रहेको यसपटकको मेला गाडी अवलोकनकर्ता र उपभोक्ताका लागि महत्त्वपूर्ण अवसर हो । साथै, यो उत्पादनकर्ता, उपभोक्ता र विक्रेताको सङ्गमस्थलको रूपमा रहेको छ । यो एक्स्पो व्यापार प्रवद्र्धनमा मात्रै केन्द्रित छैन । ब्राण्ड स्थापित गर्नेदेखि अनुसन्धान, सडक दुर्घटना न्यूनीकरण, सडक सुरक्षालगायत विषयमा समेत जनचेतना फैलाउने कामसमेत मेलामार्फत भइरहेका छन् । अहिलेकै पूर्वाधारले विद्युतीय गाडी सञ्चालन गर्न सकिन्छ त ? राज्यले विद्युतीय सवारीको प्रयोगमा प्रोत्साहन गरिरहेको छ । अहिले सरकारको ध्यान मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउनतर्फ पनि छ । यसले विद्युतीय गाडी सञ्चालनको सम्भावना बलियो बनाएको छ । तर, यसका लागि भौतिक पूर्वाधारलगायत विकासमा जुन काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यसका लागि दीर्घकालीन नीति लिएर काम अघि बढाउनु जरुरी छ । पछिल्लो समय विद्युतीय सवारीमा जनआकर्षण बढ्दो छ । यसलाई सम्बोधन गर्न उपयुक्त पूर्वाधारको विकास हुनुपर्छ । मापदण्डअनुसार पूर्वाधार तयार भए विद्युतीय सवारीसाधन चलाउन सहज हुन्छ । विद्युतीय गाडीको प्रवर्द्धनका लागि राज्यबाट के अपेक्षा राख्नुहुन्छ ? विद्युतीय सवारीसाधनको प्रवर्द्धनका लागि सरकारले यसको सञ्चालन सहज बनाइदिनुपर्छ । साथै, उपयुुक्त पूर्वाधारविना यस्ता सवारी सञ्चालन गर्न सकिँदैन । त्यसका लागि पनि सरकारबाट कामको थालनी हुनुप¥यो । विद्युतीय सवारी चल्ने पूर्वाधारको विकास गरी मापदण्ड बनाउन जरुरी छ । विद्युतीय चार्जिङ स्टेशन नबनाई यसको प्रवर्द्धन हुँदैन । चार्जिङ स्टेशन, चार्जिङ शुल्कलगायत विषयमा सरकारले ध्यान दिनुपर्छ । हामीले अटो शोमार्फत सरकारलाई पूर्वाधार निर्माण गर्न दबाब दिएका छौं । विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन पहिलो आवश्यकता हो । पर्याप्त ऊर्जाको व्यवस्था गरी आवश्यकताअनुसार चार्जिङ स्टेशनको विकास गर्नुपर्छ । यति भएमा विद्युतीय सवारीले फड्को मार्न सक्छ । अटो शोमा स्टल पुर्‍याउनै गाह्रो भयो भनिन्छ नि ! हो । यो मेला सधैंजसो भृकुटीमण्डपमा हुँदै आएको छ । कार्यक्रम ठूला, तर ठाउँको अभाव हामीले वर्षौंदेखि खेपिरहेका छौं । अहिले त्यही समस्या दोहोरियो । अन्तरराष्ट्रियस्तरको कार्यक्तमका लागि सरकारले प्रदर्शनीस्थल बनाउन नसक्नु ठूलो कमजोरी हो । विगतका वर्षमा हेभी इक्वीपमेण्ट, बस, ट्रकहरूका स्टल पनि राख्ने गरेका थियौं । यो वर्ष प्रदर्शनी स्थल साँघुरो भएकाले स्पेयर पार्ट्स राख्न नै ठाउँ नपुग्ने अवस्था आयो । हेभी इक्वीपमेटलाई पनि राख्न सकिएन । बैङ्कहरूका स्टलसमेत राख्ने ठाउँ भएन । राज्यबाट यस्ता कार्यक्रमका लागि ठूलो प्रदर्शनीस्थलको व्यवस्था गर्न वर्षेनि प्रतिबद्धता आएको पाइन्छ । आखिर किन कार्यान्वयन नभएको होला ? यसअघिका सरकार कमजोर भएका कारण हाम्रा समस्या सम्बोधन नभएको हो । अहिले बहुमतको सरकारले छ । यस विषयमा छिट्टै काम अघि बढ्नुपर्छ । वर्षेनि प्रतिबद्धता हुने तर पूरा नहुने प्रवृत्ति छ । हामी मुलुकमा समृद्धिको नारा लगाउँदै गर्दा अन्तरराष्ट्रियस्तरको प्रदर्शन केन्द्र नहुनु विडम्बना हो । मेलामा कति अवलोकनकर्ता सहभागी तथा व्यवसायको हुने अपेक्षा छ ? ‘एक सवारीसाधन, एक घर’ हाम्रो नारा हो । यहीअनुरूप ६० हजारभन्दा धेरै दर्शकले अवलोकन गने आशा गरेका छौं । यस्तै, ५ सय करोडको कारोबार हुनेमा अनुमान छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)