ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दक्ष कामदार उत्पादन गर्नतिर ध्यान दिन जरुरी छ

Dec 21, 2018  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
‘निक इलेक्ट्रो टेक २०१८’ का मुख्य विशेषता के के हुन् ? यो निक इलेक्ट्रो टेकको नवौं संस्करण हो । यस कार्यक्रमा प्रायोजकहरूको पूरै उपस्थिति छ । सबै स्टल भरिएका छन् । अघिल्ला वर्षहरूका मेलाभन्दा अहिले अवलोकनकर्ताले केही नयाँपन पाउनेछन् । हामीले प्रदर्शनीमा जसलाई आगन्तुकका रूपमा सहभागी गराउन खोजेका छौं, उहाँहरू देशका सबै क्षेत्रबाट हुनुहुन्छ । मेलामा विद्युत्सँग सम्बन्धित ठूलाठूला कन्स्ट्रक्सन, इञ्जिनीयर, इञ्जिनीयरिङ कलेजका विद्यार्थी आउने, छलफल हुने र नयाँ वस्तुको प्रदर्शनी गरिनेछ । अघिल्ला वर्षभन्दा यस वर्षको मेलामा फरक के पाइन्छ ? पहिलो विषय भनेको अघिल्ला वर्षभन्दा यस वर्ष सबै विद्युतीय सामग्री मेलामा राख्नेछौं । विगतका वर्षमा प्रदर्शनीमा नराखिएका स्वचालित विद्युतीय सामग्री र इन्टरनेटबाट बत्ती बन्द वा खोल्न सकिने उत्पादन यस प्रदर्शनीमा राखिनेछ । प्रदर्शनी स्थलमा प्याभिलियन सिस्टमले स्टल राखी आकर्षक बनाइएको छ । मेलाको मुख्य उद्देश्य बताइदिनुस् न ? विश्वमा कस्ता खालका विद्युतीय सामान प्रयोग भएका छन् भनी जानकारी दिनु मेलाको मुख्य उद्देश्य हो । त्यस्तै, विद्युत्को बचत कसरी गर्न सकिन्छ र बजारमा गुणस्तरीय सामान कस्ता कस्ता आएका छन् भनेर जानकारी दिनु मेलाको अर्को उद्देश्य हो । नेपालमा पनि नवीनतम उत्पादनका सामान बन्छन् । ती सामान दर्शकलाई देखाउनेछौं । विद्युतीय सामग्री उत्पादनमा नेपालको अवस्था कस्तो छ ? नेपाल हाउस वाइरिङका सामानमा आत्मनिर्भर छ । हाउस वाइरिङभित्र प्लास्टिकजन्य सामान तार, मिटर बक्स, लिस्टीआदि पर्दछन् । यसबाहेक हाइटेन्सनका सामान आयात गर्नुपर्ने अवस्था छ । विद्युतीय सामग्री प्रयोगमा पहिले र अहिलेमा के फरक पाउनुभएको छ ? पहिला काठको लिस्टीबाट वाइरिङ गरिन्थ्यो भने अहिले वालभित्र कञ्चन वाइरिङ भनेर गर्न थालिएको छ । पहिले सानो जोड प्रकारको स्विच प्रयोग हुन्थ्यो भने अहिले सेन्सर, रिमोट, मान्छे भित्र पस्नेबित्तिकै आफैं बल्ने, बाहिर निस्कनेबित्तीकै आफैं निभ्नेजस्ता उत्याधुनिक उपकरण आएका छन् । घरमा बत्ती निभाउन बिर्सनुभयो भने कार्यालयबाट पनि बन्द गर्न सकिन्छ । अर्को विषय भनेको पानी तान्ने पम्प बन्द गर्न बिर्सियो भने मोबाइलबाटै बन्द गर्न मिल्छ । यस्ता खालका सबै सामग्री मेलामा राखिएका छन् । उपभोक्ताले गुणस्तरीय सामानको सट्टा झुक्किएर गुणस्तरहीन विद्युतीय सामग्रीे किनिरहेको सन्दर्भमा तपाईंको सुझाव के छ ? नेपाल विद्युतीय व्यवसायी महासंघले गुणस्तरीय वस्तुलाई प्रोत्साहन गरौं भनेर नारा नै बनाएको छ । त्यसकारण महासंघले तारलाई अति आवश्यक वस्तु बनाएको छ । अहिले गुणस्तरहीन तार पाइँदैन । नेपालमा जति पनि उत्पादन भएका छन्, ती एनएस चि⋲नप्राप्त छन् । हामीले आम उपभोक्तालाई कार्यक्रम हुँदा पनि गुणस्तरीय सामान प्रयोग गर्न अनुरोध गर्दै आएका छौं । हामीले जनचेतना जगाउँदै नेपाल डम्पिङ साइड बन्नुहुन्न भनेर भनिरहेका छौं । उपभोक्ताले पनि सस्तोका पछि नलागेर त्यसको विशेषता बुझ्न जरुरी छ । गुणस्तरीय सामान लागतका हिसाबले टिकाउ र महँगो हुन्छ । महँगो वस्तुमा वारेन्टी हुन्छ । त्यसैले ग्राहकलाई पसलमा गएर किन महँगो भयो र किन सस्तो भयो भनेर थाहा पाएर मात्र सामान किन्न अनुरोध गर्दछु । विद्युतीय सामग्रीको गुणस्तर मापन कसले गर्छ ? विद्युतीय सामानको गुणस्तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छुट्याउने गर्छ । यस विषयमा विभाग लागिरहेकोे छ । हामीले मल्टी स्टेन तार लगाउन भनेर पुसको मसान्तसम्ममा पुरानो तार हटाई नयाँ गुणस्तरीय तार लगाउन लागिरहेका छौं । इन्डक्सन चुलोमा पनि कस्ता खालका चुलोको आवश्यकता पर्छ भनेर गुणस्तर विभागले काम गर्दै आइरहेको छ । अरू स्विच, एमसीसी र ब्रेगरलाई पनि गुणस्तर विभागले मापदण्ड तोक्न लागेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको तर्फबाट पनि गुणस्तर विभागमा एउटा उपसमिति रहेको छ । विभागको नियमित बैठकमा म स्वयं उपस्थित भएकाले आगामी दिनमा गुणस्तर मापन गर्ने काम प्रभावकारी हुने निर्णय भएको छ । हामीकहाँ ल्याब टेस्ट गर्ने उपकरण छैनन् । महासंघले सरकारसँग यस विषयमा कुरा गरिरहेको छ । गुणस्तरहीन वस्तु प्रयोगबाट हुने क्षतिमा कम्पनीहरूले बीमा गरेका छन् त ? केही विद्युतीय सामग्रीमा ५० लाखसम्मको बीमा गरिएको छ । संघले पनि बीमा गर्ने कार्यक्रम अगाडि ल्याउँदै छ । अहिले केही कम्पनीले तारमा कमजोरी भई करेन्ट लागेर दुर्घटना भयो भने ५० लाखसम्मका दुर्घटना बीमा योजना ल्याएका छन् । सामाजिक हिसाबले पनि बीमा गर्नुपर्ने हुन्छ । त्यसमा हामीले योजना बनाउने र कार्यान्वयन गर्ने विषयमा छलफल हुँदै छ । चोरीनिकासीबाट गुणस्तरहीन सामग्री भित्रिने सम्भावना कत्तिको छ ? अहिले कुन सामान कस्तो भनेर छुट्याउने कुनै मापदण्ड छैन । त्यसैले, गुणस्तरहीन सामग्री भित्रिएको छैन भन्न सकिन्न । व्यवसायीले सामान ल्याउने सन्दर्भमा राम्रै सामान ल्याऊँ भन्ने हुन्छ । खुला सीमाका कारण चोरीनिकासी भएर सामान भित्रिने सम्भावना प्रबल देखिन्छ । चोरीनिकासी पहिलेको तुलनामा कम भएको छ । यसलाई अझ कम गर्न संघले नेपाल सरकारसँग आग्रह गरिरहेको छ । नेपालमा गुणस्तरहीन वस्तु डम्पिङ भएको छ कि छैन ? महासंघले नेपाललाई गुणस्तरहीन वस्तुको लम्पिङ क्षेत्र बनाउनु हुँदैन भनिरहेको छ । नेपालमा एन्टी डम्पिङ याक्ट नभएको हुनाले समस्या छ । सकेसम्म गुणस्तरीय सामान बेच्नुपर्छ भनेर हामीले साथीहरूलाई भनिरहेका छौं । स्वदेशमै विद्युतीय सामग्रीको उत्पादन गर्न सक्ने सम्भावना र अप्ठ्यारा के कस्ता छन् ? लोडसेडिङ कम हुँदै गएको छ । सरकारले कच्चा पदार्थमा सहुलियत दिएमा स्वदेशमै उद्योग खुल्ने सम्भावना छ । नेपाली जनशक्ति विदेश गइरहेकाले जनशक्तिको समस्या भने अवश्य छ । दक्ष कामदारको अभाव छ । सरकार र प्राविधिक शिक्षालयले पनि दक्ष कामदार उत्पादन गर्नतिर ध्यान दिन जरुरी छ । विद्युतीय सामग्रीको क्षेत्रमा के कस्ता समस्या छन् र समाधान के हुन सक्छ ? अहिलेको उपलब्धि भनेको गुणस्तरीय सामानको आयात भइरहेको छ । चेतनाका कारण गाउँमा पनि राम्रो सामान बिक्ने अवस्था छ । दक्ष कामदारको अभाव भएकाले यसलाई समाधान गर्न सरकारले प्राविधिक कामदार उत्पादन गर्नतिर लाग्नुपर्छ । मेलामा कुन कुन देशको उपस्थिति रहेको छ ? मेलामा भारत, चीनजस्ता विभिन्न देशका सामग्रीको उपस्थिति छ । तर, स्टलचाहिँ भारतका मात्र छन् । स्वास्थ्यका हिसाबले हानिकारक मानिने मर्करीको प्रयोगको अवस्था कस्तो छ ? अहिले आम उपभोक्ताले मर्करी प्रयोग गरिरहेका छन् । यसबाट हुने असरबारे हामीलाई जानकारी छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)