ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजार संवाद : कम्पनीको वित्तीय अवस्था सुदृढ गर्नेतर्फ लागिसकेका छौं

Jan 16, 2019  
बजार अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

समस्याग्रस्त कुबेर मर्चेन्ट फाइनान्सलाई सिटी एक्सप्रेस ग्रूपले किनेको १ वर्ष नाघिसक्यो । तर, नयाँ व्यवस्थापनले यसको पुनः सञ्चालन भने गत साउन १ गतेदेखि मात्र थाल्यो । यस अवधिमा कम्पनीले उल्लेख्य सुधार हासिल गरिसकेको छ । करीब १ दशक मर्चेन्ट बैंकमा कामको अनुभव सँगालेका भीष्मराज चालिसे अहिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी १३ वर्ष एस डेभलपमेन्ट बैंक र डेढ वर्ष काष्ठमण्डप डेभलपमेन्ट बैंकमा आबद्ध थिए । उनले सिटी एक्सप्रेस फाइनान्सको नेतृत्व लिएको १ वर्ष मात्रै पुगेको छ । प्रस्तुत छ, कम्पनीको प्रगतिका बारेमा केन्द्रित रहेर आर्थिक अभियानका सुप्रिम तिवारीले चालिसेसँग गरेको कुराकानीको सारः

समस्याग्रस्त कुबेर मर्चेन्ट फाइनान्स सिटी एक्सप्रेस फाइनान्स भएपछि कस्तो भइरहेको छ ? कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त रहेको घोषणा गरेको थियो । मृत रूपमा रहेको कुबेर मर्चेन्टलाई सिटी एक्सप्रेस ग्रूपले २०७४ मंसिर २४ गते किनेको थियो । केन्द्रीय कार्यालय परिवर्तन गरेर करीब शून्यबाट शुरू गरेको यस कम्पनीलाई ६ महीनापछि अर्थात् २०७५ साउनदेखि नयाँ टीमले सञ्चालन गर्न थालेको हो । पहिलो ३ महीना खासै राम्रो वित्तीय विवरण प्रकाशन गर्न सकेनौं । तर, असोज मसान्तपछि भने हामीले निकै प्रगति गर्न सकेका छौं । यतिले मात्र पुग्दैन, अबको वर्ष झन् बढी नाफा कमाउनेछौं ।

वित्तीय अवस्था सुधार्न के गर्दै हुनुहुन्छ ? यस कम्पनी मुख्यतया संस्थागत सुशासनमा केन्द्रित भएर अगाडि बढिरहेको छ । धेरै शेयरधनी संस्थापक शेयरप्रति आकर्षित भएका छन् । यस कम्पनीमा एनआरएनले चासो दिएका छन् र केही यस कम्पनीमा संस्थापक शेयरधनीको रूपमा भित्रिएका छन् । एउटा विदेशी बैंकले यस कम्पनीमा रणनीतिक साझेदारको रूपमा लगानी गर्ने भएको छ । यसबारे अन्तिम चरणका काम भइरहेका छन् । त्यो हामी चाँडै सार्वजनिक गर्छौं । डुबेका कर्जालाई उठाउने र कम्पनीको वित्तीय अवस्थालाई सुदृढ गर्नतर्फ लागिसकेका छौं ।

पूँजी बढाउन रणनीतिक साझेदारीबाहेक अरू के गर्दै हुनुहुन्छ ? पूँजी वृद्धि गरेर रू. ८० करोड पुर्‍याउने र सो पूँजीलाई परिचालन गर्ने योजना रहेको छ । शाखा बढाउने योजना छ । कुबेर मर्चेन्ट फाइनान्स रू. १५ करोडको संस्था थियो । सिटी एक्सप्रेसले किनिसकेपछि रू. २५ करोडबराबरको हकप्रद शेयर जारी गर्‍यौं । पुराना सम्पर्कमा नआएका शेयरधनीले नकिनेको हकप्रद शेयरलाई लीलामीमा राखेका छौं । त्यो प्रक्रिया पूरा भइसकेपछि हाम्रो रू. ४० करोड चुक्तापूँजी पुग्छ । यसपछि कम्पनीले त्यो पूँजीको १ बराबर १ कित्ता शेयरको हकप्रद शेयर जारी गर्नेछ । त्यसपश्चात् हाम्रो चुक्तापूँजी रू. ८० करोड पुग्नेछ । असार मसान्तमा शतप्रतिशत रहेको एनपीएल असोज मसान्तमा ५४ प्रतिशतमा झारेका छौं । पुस मसान्तको विवरण आउँदा त्यो २५ प्रतिशतमा झर्छ र त्यसलाई अझ घटाएर चैत मसान्तसम्ममा ५ प्रतिशतमा ल्याउनेछौं ।

कर्जा र लगानीमा कस्तो रणनीति लिनुभएको छ ? ‘ग’ वर्गले गर्न पाउने निक्षेप संकलन र कर्जा लगानी नै गरिरहेका छौं । अहिले हामीले रू. १० लाखदेखि ३० लाखसम्मको कर्जालाई बढी प्राथमिकता दिएर लगानी गरिरहेका छौं । हाम्रा लगानीका अन्य क्षेत्रहरू घरजग्गा, सवारी कर्जा तथा साना व्यवसाय हुन् ।

गत असोजपछि हालसम्म भएका अन्य प्रमुख उपलब्धि के के छन् ? चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार यस कम्पनी खुद नाफा रू. १ करोड ९ लाख ऋणात्मक थियो । तर दोस्रो त्रैमासमा कम्पनी त्यसलाई पूरै ‘कभर’ गरेर रू. ८९ करोड नाफा कमाउन सफल भएको छ । यो भनेको ३ महीनाभित्र ८ हजार २ सय ७ प्रतिशत नाफा वृद्धि हो । साथै, कम्पनीले सो अवधिमा रू. २ करोडबराबर निक्षेप बढाएको छ । सञ्चालन नाफा रू. ८९ लाख पुगेको छ । रू. ५ करोड ३५ लाख रहेको खराब कर्जा घटेर रू. २ करोड ३६ लाखमा सीमित भएको छ । रू. ७ करोड रहेको नन बैंकिङ एसेस्ट्स मध्येबाट रू. १ करोड २६ लाख सेटल गरेका छौं । रू. ७ करोड बराबरको नयाँ कर्जा जारी गरेका छौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)