यस वर्षको क्यान इन्फोटेक मेला काठमाडौंको भृकुटीमण्डपमा जारी छ । प्रस्तुत छ, यो मेलाले सर्वसाधारणको जीवनशैली र प्रविधिको विकासमा पार्ने प्रभाव, नेपालको प्रविधि क्षेत्रका समस्या तथा समाधान, क्यान महासंघको योजना लगायत विषयमा क्यान महासंघका अध्यक्ष हेमन्त चौरासियासँग आर्थिक अभियानका युवराज बस्नेतले गरेको कुराकानीको सार :क्यान इन्फोटेकले आम मानिसलाई कस्तो प्रभाव पार्छ ?
अहिले सूचना प्रविधिविना कुनै पनि काम सम्भव छैन । यो सबैका लागि आवश्यक छ । देशलाई आर्थिक, सामाजिक र भौतिक विकास गर्न प्रविधि अत्यावश्यक छ । क्यान इन्फोटेकले विगत २५ वर्षदेखि नेपालको सूचना प्रविधिको क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।
नेपालमा आएका नवीनतम प्रविधिलाई एकै थलोमा सार्वजनिक अथवा प्रदर्शनी गर्ने भएकाले क्यान इन्फोटेकले आम मानिसलाई ठूलो सहयोग पु¥याएको छ । नयाँ तथा पुराना सबै प्रविधिलाई एकै स्थानबाट प्रदर्शन गर्न क्यान इन्फोटेक सफल छ । त्यसकारण प्रविधिसम्बन्धी शिक्षाका लागि पनि एकपटक सबै मानिसले सुबिसु क्यान इन्फोटेक अवलोकन गर्नैपर्छ ।
त्यस्तै नेपाल सरकारले डिजिटल नेपालको परिकल्पना गरेको छ । देशको अधिकांश मानिसका लागि यो मेलाले टेवा पु¥याउनेमा हामी विश्वस्त छौं । आफ्नो व्यापार, व्यवसाय र जीवनशैलीलाई नयाँ प्रविधियुक्त बनाउन र सूचना तथा सञ्चार प्रविधिलाई एउटा मनोरञ्जन मात्र नभई अपरिहार्य सामग्रीको रूपमा प्रयोग गर्न क्यान मेलाले सहयोग गरेको छ ।
क्यान इन्फोटेक अवलोकन गर्न मानिसलाई केले प्रेरित गर्छ ?
अहिलेको २५औं क्यान इन्फोटेक मेला इन एशोसिएशन विथ ईसेवामा आधारित भएर सञ्चालन गरिरहेका छौं । यसको उद्देश्य डिजिटल नेपाललाई सघाउनु तथा आम जनतालाई नयाँ प्रविधिको प्रयोगमा अभ्यस्त हुन प्रेरित गर्नु हो । विश्वमा डिजिटल ट्रान्फर्मेशन जुन गतिमा चलिरहेको छ, सोही अनुसार नेपाललाई पनि प्रविधिमा अघि बढाउन यसले टेवा पुर्याउँछ ।
ग्रामीण भेगमा बसोवास गर्ने मानिसलाई प्रविधि कसरी प्रयोग गर्ने भन्ने विषयबारे जानकारी दिन पनि यो मेलाको ठूलो महŒव छ । यस्ता मेलाले देश विकासका लागि प्रविधि क्षेत्रमा टेवा पुर्याउने र आम मानिसलाई प्रविधिबारे बुझाउनेमा दुई मत छैन । नेपाल इन्टरनेटदेखि रोबोट युगसम्म आइसकेको छ । यो अवस्था हुनुमा पनि क्यान इन्फोटेकको ठूलो हात छ ।
सबै जनताले प्रविधिको समान उपभोग गर्न पाउनुपर्छ । यसका लागि दुर्गम गाउँसम्म सूचना प्रविधिको प्रयोग बढाउन क्यान महासंघ लागिपरेको छ । प्रविधिको ज्ञानले मानिसको दैनिक जीवनलाई सहज बनाउन सघाउँछ । मेलाबाट शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा प्रविधिकोे प्रयोग कसरी गर्न सकिन्छ भन्ने जानकारी पाइन्छ ।
मेलाको व्यवस्थापन कसरी गरिएको छ ?
मेलामा साना तथा ठूला गरी करीब १ सय ७५ स्टल छन् । स्टलअनुसार नै प्रविधिका कम्पनीको पनि सहभागिता छ । बाहिर–भित्र प्रविधि कम्पनीका स्टल रहनेगरी साँघुरो ठाउँमा पनि व्यवस्थापन गरेका छौं । सरकारले १ वर्षभित्र प्रविधि क्षेत्रमा १ लाख मानिसलाई रोजगारी दिने योजना बनाएको छ । यो अवस्थामा क्यानले स्मार्टसिटीको अवधारणा अवलम्बन गर्दै आएको छ ।
महासंघले गरेको प्रदेश स्तरीय क्यान इन्फोटेक कस्तो रह्यो ?
महासंघले गरेको प्रदेशस्तरीय क्यान इन्फोटेक मेलामा अवलोकनकर्ताको सहभागिता उत्साहजनक रह्यो । किनकि उपत्यकामा मात्र क्यानले मेला आयोजना गर्दा प्रदेशमा कुनै पनि चासो हुँदैनथ्यो । तर अहिले प्रदेशका सबैको ध्यान यो मेलामा परेको पाइयो । विभिन्न जिल्लामा भएका मेलामा विभिन्न प्रविधि कम्पनी सहभागी भएका थिए ।
सरकारी निकायमा सूचना प्रविधिको प्रयोग अवस्था कस्तो छ ?
सरकारी निकायकै कुरा गर्दा पहिला र अहिले त धेरै फड्को मारिसकेको छ । मन्त्रिपरिषद् बैठक कागजविहीन हुँदै गएको छ । अन्य क्षेत्रमा पनि प्रविधिको प्रयोग बढ्दै गएको पाइन्छ । यही हिसाबले हामी डिजिटल नेपालको अवधारणा अनुसार अघि बढ्दै जानेछौं ।
हाम्रो सूचना प्रविधिको अवस्था नराम्रो भन्न मिल्दैन । मोबाइल, ल्यापटप, ई–सेवालगायत डिजिटल रूपमा गइरहेका छन् । तर विश्वकै रेशियो हेर्ने हो भने नेपाल सूचना प्रविधिमा तलै छ । नेपाल ई–गभर्नेन्सको बाटोमा अघि बढ्दै छ । सरकारी पक्षबाट अगामी दिनमा यस्ता प्रविधि मेलामा अन्तराष्ट्रिय सामग्री तथा लगानीको वातावरण सृजना हुनुपर्छ । आशा छ, सरकारले यस विषयमा पनि केही सोच्नेछ ।